खोटाङमा ७० प्रतिशत रोपाइ सम्पन्न  « Khabarhub

खोटाङमा ७० प्रतिशत रोपाइ सम्पन्न 


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा साउन लाग्दा ७० प्रतिशत रोपाइ सकिएको छ । जिल्लाको १२ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाइ हुँदै आएकामा सोमबारसम्ममा नौ हजार २८ हेक्टरमा रोपाइ सकिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

असारमा पर्याप्त वर्षा भएका कारण खोटाङमा विगतको तुलनामा चाँडो रोपाइ भएको हो । बेलामा धान रोप्न पाउँदा किसान उत्साहित छन् । जिल्लाको लेकाली क्षेत्रमा रोपाइ सकिएको र बेँसीमा धमाधम रोपाइ जारी रहेको ज्ञान केन्द्रले जनाएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म ऐसेलुखर्क, केपिलासगढी, साकेला गाउँपालिका, दिक्तेल रापाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश क्षेत्रमा रोपाइ भइसकेको छ ।

यस्तै, जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, दिप्रुङ चुईचुम्मारावाबेँसी गाउँपालिकाको बेँसी क्षेत्रमा मात्र हाल रोपाइ भइरहेको छ । बेँसी क्षेत्रमा १५ साउनपछि पनि रोपाइ हुने गरेको छ । जिल्लामा कुल १४ हजार एक सय ५९ हेक्टर खेत भए पनि १२ हजार आठ सय ९८ हेक्टरमा धान लगाउने गरिएको छ । 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ०२ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान