‘संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा चर्चा गर्न आवश्यक छैन’ « Khabarhub

‘संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा चर्चा गर्न आवश्यक छैन’


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा चर्चा गर्न आवश्यक नभएको बताएका छन् । 

सोमबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख सापकोटाले संवैधानिक परिषद्सम्बन्धी विधेयक अर्को सभामा दर्ता भएकाले विधेयकबारे चर्चा गर्नु मनासिब नभएको बताएका हुन् । उनले विभिन्न संसदीय समितिका सभापति पद रिक्त रहेका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको र प्रधानमन्त्रीका साथै पार्टीका नेताहरूसँग छलफल गरिरहेको बताए ।

उनले ढिलै भए पनि उपसभामुखको निर्वाचन भएसँगै संसद्को काम अझ प्रभावकारी ढंगबाट अगाडि बढ्ने उनले बताए । सभामुख सापकोटाले अहिले नागरिकता, संघीय निजामती विधेयकलाई अघि बढाउन ध्यान केन्द्रित गरेको र अरु महत्वपूर्ण विधेयक अघि बढाउन पहल भइरहेको जानकारी दिए । सभामुख सापकोटाले सङ्घीय सरकारका मन्त्री हेरफेरका कारण संसद् सचिवालयमा दर्ता भएका विधेयकमाथिकाे छलफल अगाडि बढाउन समस्या भएको बताए ।

उनले चालु अधिवेशनबाट १५ विधेयक पारित भएको र पाँच समितिका साथै विभिन्न संवैधानिक आयोगका प्रतिवेदन संसद्मा पेश भएको जानकारी दिए । 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ५ : ०४ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका