मुलुकको पर्यटन पुनरुत्थानका कामलाई प्रभावकारी रूपमा अघि बढाउँछौँ : पर्यटनमन्त्री श्रेष्ठ « Khabarhub

मुलुकको पर्यटन पुनरुत्थानका कामलाई प्रभावकारी रूपमा अघि बढाउँछौँ : पर्यटनमन्त्री श्रेष्ठ


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाउने बताएका छन्।

नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानबारे आज मन्त्रालयमा सरोकारवालाहरूसँगको छलफलमा उनले सरकार र निजी क्षेत्रको साझेदारीमा पर्यटन पुनरुत्थानको कामलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे। पर्यटन मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थानका लागि गठित समितिले हालै मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेकाले छलफलमा उठेका थप विषय र सुझावलाई समेटेर सोही आधारमा कार्यक्रम तयार गरिने बताए।

उनले भने, “कोभिडपछिको पर्यटन पुनरुत्थानको योजना बनाउन गठित समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा नसमेटिएका विषयलाई छलफलबाट आएका सुझावलाई आधार मानेर तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको योजनाबद्ध कार्यक्रम तय गरेर अघि बढ्छौँ ।”

मन्त्री श्रेष्ठले मन्त्रालय र मातहत निकायका काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन समयसापेक्ष नीतिगत सुधारका कामलाई पनि सँगै अघि बढाइने प्रतिबद्धता जनाए। उनले पर्यटन क्षेत्रमा भएका कतिपय विकृति नियन्त्रण गर्न सरोकारवालाको सक्रिय सहयोग चाहिने खाँचो औँल्याए ।

कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव र आगामी रणनीतिबारे राय सुझाव लिने उद्देश्यले आयोजना गरिएको छलफलमा पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिले पर्यटन पुनरुत्थानको कामलाई योजनाबद्ध प्रभावकारी रूपमा अघि बढाउन, नीतिगत सुधारदेखि सेवा सुदृढीकरणका बारेमा सुझाएका थिए ।

होटेल सङ्घ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले राज्यले पर्यटनलाई प्राथमिकतायुक्त उद्योगका रूपमा मान्यता दिएर यस क्षेत्रको विकासका लागि लगानी आकर्षण र प्रोत्साहनका कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले अन्तर्राष्ट्रिय प्रवर्द्धनको कामलाई प्रभावकारी रूपमा अघि बढाइनुपर्ने खाँचो औँल्याए । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतीय पर्यटनसम्बन्धी स्पष्ट नीति आवश्यक रहेको भन्दै हिमाल आरोहण क्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाइनुपर्ने बताए।

पर्यटन व्यवसायी दीपक महत, शिव अधिकारी, कुमार खड्का, विभूतिचन्द ठाकुर, कुमारमणि थपलिया, घनेन्द्र श्रेष्ठलगायतले पर्यटन क्षेत्रका चुनौती र सम्भावनाबारे धारणा राखेका थिए । कार्यक्रममा मन्त्रालयका उपसचिव सरोज पोखरेलले पर्यटनको अवस्था र आगामी योजनाबारे संक्षिप्त प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ०२ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको