दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड हुँदै | Khabarhub Khabarhub

दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड हुँदै


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ आयोजना हुने भएको छ । सो अवार्डको लागि यही १ साउनबाट फारम खुला गरिएको छ । आइतबार काठमाडौंको बानेश्वरमा पत्रकार भेटघाट आयोजना गर्दै आयोजक संस्थाले अवार्डबारे जानकारी गराएको हो ।  चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेसन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ । 

अवार्डको लागि गीत, संगीतअन्तर्गत लोक, आधुनिक, पप आधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावको गीत, चलचित्र गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वनी मिश्रण तथा म्युजिक भिडियो अन्तर्गत मोडल, सम्पादक, छायाँकार, नृत्य निर्देशक, निर्देशक जस्ता विधामा फारम खुला गरिएको आयोजक संस्था क्वालिटी इन्टरटेनमेन्ट प्रा.लि.का अध्यक्ष उमेश गुरुङले बताएका छन् ।

 यस्तै म्युजिक भिडियो अन्तर्गत निर्देशक, मोडल महिला/पुरुष, छायाँकार, सम्पादकजस्ता विधामा अवार्ड प्रदान गरिने छ । २०७८ बैशाख देखि २०७९ साउन अन्तिमसम्म रिलिज भएका गीतहरूले यो प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।  यसैगरी चलचित्र विधामा पनि क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि २०७८ देखि २०७९ साउन अन्तिमसम्म रिलिज भएका फिल्महरूले सहभागी हुन पाउने छन् । जसमा निर्देशक, नायक, नायिका, नवनायक, नव नायिका, सहनायक, सह-नायिका, खलचरित्र, चरित्र अभिनेता, अभिनेत्री, हास्य अभिनेता, छायाँकार, सम्पादक, रंग संयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजर जस्ता विधामा फारम खुला गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : २२ बजे

बीपी राजमार्ग : अवरुद्ध हुन नदिन मर्मत गरिँदै

काभ्रेपलाञ्चोक– बीपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत

कर्णाली राजमार्ग अवरुद्ध : स्याउ बाटोमै कुहिने चिन्ता

कर्णाली– कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या भएको

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

बागलुङ– पहिरोले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

धरानमा बोतलको पानीभित्रै किरा, नियामकले थाल्यो अनुगमन

सुनसरी – पिउने पानी बिक्रीवितरण गर्दै आएको गङ्गाजल ब्रान्डको बोतलबन्द

लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र