चिनियाँ कम्पनीहरु युक्रेनमा जारी युद्धमा रुसलाई सहयोग गर्दै « Khabarhub

चिनियाँ कम्पनीहरु युक्रेनमा जारी युद्धमा रुसलाई सहयोग गर्दै


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले युक्रेनमा जारी युद्धमा चीनका कतिपय कम्पनीहरुले रुसलाई सहयोग गरिरहेको आरोप लगाएको छ ।

अमेरिकाको उद्योग एवम् सुरक्षा ब्युरोले प्रतिवेदन सार्वजनिक गर्दै कतिपय चिनियाँ कम्पनी एवम् शोध एवम् अनुसन्धान प्रतिष्ठानहरुले युक्रेनमा जारी लडाईँमा चिनियाँ कम्पनीहरुले रुसलाई सहयोग गरिरहेको आरोप लगाएको हो ।

अमेरिकाको व्यापार मन्त्रालयका अनुसार रुसलाई युक्रेनमा विभिन्न ९ मुलुकमा रहेका ३६ कम्पनीहरुले सहयोग गरिरहेको जनाएको हो । यीमध्ये ६ कम्पनीहरुले रुसी सेनालाई सहयोग गरिरहेको ब्यापार मन्त्रालय अन्तर्गतको उद्योग एवम् सुरक्षा ब्युरोले जनाएको छ ।

मन्त्रालयका अनुसार यीमध्ये पनि दुई चिनियाँ कम्पनीहरुले सन् २०१८ यता रुसी फौजलाई सहयोग गरेको वा सहयोग गरिरहेका छन् । यस्ता कम्पनीहरुलाई रुसलाई सहयोग पुग्ने गतिविधि नगर्न समेत अमेरिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : २१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ