बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने « Khabarhub

बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रालिले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा सरल फाइनान्समार्फत खरिद गर्न सकिने स्कीम सार्वजनिक गरेको छ ।

मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रकृया सरल बनाउन ग्राहकहरुको लागि यो स्कीम ल्याएको कम्पनीले जनाएको छ ।

यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यक पर्थ्यो ।

यी झन्झट हटाएर बजाजले नागरिकताकै भरमा बजाजका मोटरसाइकल फाइनान्समार्फत किन्न सक्ने जनाएको हो ।

किस्ताबन्दीमा मोटरसाइकल किन्न चाहने ग्राहकले एक घण्टाभित्रै ऋण पास गरेर ९.९९% प्रतिशत ब्याजदर सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार’ यो स्कीम बजाजका देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध सबै मोडलमा लागु हुनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : २२ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने