बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने « Khabarhub

बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रालिले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा सरल फाइनान्समार्फत खरिद गर्न सकिने स्कीम सार्वजनिक गरेको छ ।

मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रकृया सरल बनाउन ग्राहकहरुको लागि यो स्कीम ल्याएको कम्पनीले जनाएको छ ।

यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यक पर्थ्यो ।

यी झन्झट हटाएर बजाजले नागरिकताकै भरमा बजाजका मोटरसाइकल फाइनान्समार्फत किन्न सक्ने जनाएको हो ।

किस्ताबन्दीमा मोटरसाइकल किन्न चाहने ग्राहकले एक घण्टाभित्रै ऋण पास गरेर ९.९९% प्रतिशत ब्याजदर सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार’ यो स्कीम बजाजका देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध सबै मोडलमा लागु हुनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : २२ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी