चेम्बरका निवर्तमान अध्यक्ष श्रेष्ठ ‘कर्पोरेट डाईनामिक लिडरसिप अवार्ड’बाट सम्मानित | Khabarhub Khabarhub

चेम्बरका निवर्तमान अध्यक्ष श्रेष्ठ ‘कर्पोरेट डाईनामिक लिडरसिप अवार्ड’बाट सम्मानित


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले कर्पोरेट डायनामिक लिडरसिप अवार्डबाट सम्मानित भएका छन् । कर्पोरेट म्यागजिनले होटल र्याडिसनमा आयोजना गरेको कर्पोरेट बिजनेस अवार्ड समारोहमा श्रेष्ठ डाईनामिक अवार्डबाट सम्मानित भएका हुन् ।

व्यापारिक उद्यमीहरूको सङ्गठन नेपाल चेम्बर अफ कमर्सको निवर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठ नव उद्यमी युवाहरुका लागि प्ररणाको एक स्रोत भएको भन्दै कर्पोरेट म्यागजिनले उक्त अवार्डबाट सम्मान गरेको जनाइएको छ । यसका साथै, उनीले नेपाल सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मान्त्रालयको राज्यमन्त्री समेत भएर देशको औद्योगीक क्षेत्रमा पुर्याएको योगदान सदाकालागि अमर रहेको र नेपालको औद्योगिक क्षेत्रको विकासकालगि श्रेष्ठले निभाएको भुमिका स्मरणिय रहेकाले सो अवार्डबाट सम्मान गरेको कर्पोरेट म्यागजिनका अध्यक्ष उज्वलजंग शाहले बताए ।

को हुन त राजेशकाजी श्रेष्ठः

जीवनका ६१ औँ वसन्त पार गरेका राजेशकाजी श्रेष्ठ पनि एक सफल उद्यमी हुन् । उद्यमीलेमात्र पनि श्रेष्ठको परिचय पुरा हुँदैन । काठमाडौंका रैथाने उनी आफ्नो जीवनका थुप्रै घुम्तीहरु पार गरीसकेका छन् । कहीँ सफलता र कही असफलताका बाबजुद पनि व्यवसायीहरुको पहीलो सांगाठानीक संस्था नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको राज्यमन्त्री उनका जीवनका सफलताका ठूला खुडकिला हुन् ।

काठमाडौँको पानीपोखरीमा भएको भानुभक्त मेमोरियल बोर्डिङ स्कुलबाट आधारभूत शिक्षा हासिल गरेका श्रेष्ठले उच्च शिक्षा युथ पब्लिकबाट प्राप्त गरेका छन् । तत्कालीन अवस्थामा युथ पब्लिकबाट उच्च शिक्षा हासिल गर्नु प्रतिष्ठाको विषय हुने उनको बुझाइ छ । व्यापारिक घरानाका श्रेष्ठले सानै उमेरदेखि व्यापार तिर हात हालेको बताउँछन् ।

‘पब्लिक युथमा पढ्नु प्रतष्ठिाको विषय हो’ अहिले पनि पुराना दिन सम्झदै श्रेष्ठले भने, ‘एसएलसीपछि कुन विषय पढ्ने भन्दा पनि पब्लिक युथमा पढ्नपर्छ भन्ने होड्बाजी चल्थ्यो । म पनि पब्लिक युथमै पढ्न थालेँ ।’

कमर्सबाट व्याचुलर गरेपछि उनले पनि ब्यापार सुरु गरे । ब्याचुलर गरेर ब्यापार सुरु भएपछि श्रेष्ठको जीवनले नयाँ मार्ग तयार ग¥यो । बुबाले कमाएर दिएको पैसामा पढीरहेको ज्यानलाई आफैले पैसा कमाउने भएपछि ‘ एकतहको सफलता हुने नै भयो । बुबाबाट सिकेको सिप र विद्यालयमा पढेको सैद्धान्तिक ज्ञानले श्रेष्ठलाई व्यापारमा पनि श्रेष्ठ नै बनायो ।

‘व्यापारीको छोरा कमर्सबाट ब्याचुलर गरेपछि व्यापार सुरु भयो’ श्रेष्ठ ती दिनहरु सम्झन्छन्, ‘बुबाको इण्डीयन सामानको होलसेल थियो । ज्याठामा बस्थे, होटल पनि थियो ।’ एक दिन सुरेन्द्र मालाकार आएर, तत्कालीन चेम्बरमा उठ्ने सुझाव दिएपछि उनको व्यवसायिक राजनीति सुरु हुन्छ ।

२०२६ सालबाट चेम्बरको मेम्बर भए पनि चुनावमा उठ्नु पर्छ भन्दा २०४४ साल तिर श्रेष्ठ केही अच्चमित र केही उत्साहित पनि हुन्छन् । पहिलो वर्ष साथीले दिएको सुझावलाई उनले अध्ययनको विषय बनाउँछन् र अर्को वर्षको चेम्बरको चुनामा उनलाई भोटरले पनि उठ्ने सुझाव दिन्छन् चुनाव जित्छन् पनि ।

वार्षिक साधारणसभामा मात्र धेरै मान्छेहरु उपस्थित हुने भएकाले त्यसबेला वर्षेनी चेम्बरको निर्वाचन हुन्थ्यो । डिसेम्बरमा हुने निर्वाचनले व्यवासायीको पक्षमा काम गर्ने टिमलाई चेम्बरको बोर्डमा पठाउँथ्यो । चेम्बर भनेपछि तत्कालीन अवस्थामा सदस्यहरु नै गएर चलाउने वातावरण थियो । अध्यक्ष उपाध्यक्ष सचिव र सदस्यहरु पनि दिनमा दुई(चार घण्टाको समय चेम्बरमै बिताउँथे । व्यापारको व्यवहारिक र सैद्धान्तिक ज्ञान भएका श्रेष्ठले त्यो पद्धतिको विकल्पमा सिईओबाट चेम्बर चल्ने विषयलाई उठान गरे र विधान संशोधन गरी त्यो अनुसारको काम गरे ।

‘म तोक लगाउँन नजान्ने मान्छे कसरी महासचिव १’ चेम्बरका मेम्बरले श्रेष्ठलाई महासचिवको लागि प्रस्ताव गर्दा उनले बोलेको बाक्याशं हो । साथीहरुले हामी सिकाउँछौँ भनेर उनलाई महासचिवको जिम्मेवारी पनि सुम्पे । करिव ४ वर्ष महासचिव चलाएपछि श्रेष्ठले उपाध्यक्ष हुने मौका पाए । अहिले पनि आफू महासचिवमै उठ्ने सोच गराएको र साथीहरुले अध्यक्षको तयारीका लागि उपाध्यक्ष उठाएको श्रेष्ठ सम्झन्छन् ।

‘महेश अग्रवाल अध्यक्ष हुँदा मलाई महासचिवमै बस्ने इच्छा थियो।’ उनी भन्छन्, ‘साथीहरुले यसपछिको अध्यक्ष तिमी नै हौ । अध्यक्ष हुन सजिलो हुन्छ भनेर मलाई उपाध्यक्ष बनाइयो । चार वर्ष उपाध्यक्ष भएर काम गरेँ।’

सन् २००० मा श्रेष्ठको काँधमा सिंगो चेम्बरको अविभारा आयो । उनलाई २००० मा भएको चेम्बरको निर्वाचनले अध्यक्ष पदको जिम्मेवारी सुम्पियो महासचिव र उपाध्यक्ष हुँदा व्यापारीहरुको हितमा काम गरेको प्रतिफलको रुपमा चेम्बरको अध्यक्ष पाएको श्रेष्ठको सम्झनामा छ । उनी भन्छन्, ‘सबैले महासचिव, उपाध्यक्ष राम्रोसँग गरेको भएर मलाई नै अध्यक्षको जिम्मेवारी दिए ।’

उनको यात्राले चेम्बरको अध्यक्षमा मात्र चित्त बुझाएन । तत्कालीन सरकार बाट सहायक मन्त्रीको जिम्मेवारीका लागि अफर भयो । उनले हतारमा चेम्बरमा आएर साथीहरुसँग सल्लाह गरे । सबैले मन्त्री बन्ने सुवर्ण अवसर नगुमाउन आग्रह र अनुरोध गरे । श्रेष्ठ अहिले पनि सम्झन्छन् उनलाई फोन आएको दुई घण्टामा रेडियो नेपालले समाचारका रुपमा उनी राज्यमन्त्री भएको घोषणा गरिसकेको थियो ।

मन्त्रालयको नौं महिनाको बसाई पनि श्रेष्ठाका लागि सुखद्नै रह्यो । उनले मन्त्रालयमा काम गरेको नौ महिनाको अनुभव सम्हालेर पुनः चेम्बरमै फर्किए । नेपालमा हुने सरकार परिवर्तन र परिवर्तन भएको सरकारले अघिल्लो सरकारको कामलाई निरन्तरता नदिनु नै मुख्य समस्या भएको ताउँछन् ।

हाल विश्व अर्थतन्त्र संकटमा परिरहेको बताउँदैन श्रेष्ठ नेपालमा त्यसको असर पर्न नदिन बेलैमा छलफल र वैकल्पिक उपाएहरु अपनाउँन सुझाव पनि दिन्छन् ।

हाल उनी नेपालका लागी भिएतनामका अवैतानिक  दुत छन् भने अर्क्ष ग्रुप, नेपाल इन्टरनेशनल बिजनेस प्रा.लि., होटल रारा प्रा.लि., जोमसोम एयरपोर्ट प्रा., होटल कागबेनी प्यालेस प्रा.का अध्यक्ष छन् । यस्तै सोल्टी क्राउन प्लाजाको बोड डाइरेक्ट र राजेश कन्सनका प्रोप्राईटर छन् ।फोरिङ पॉलिसी रिसर्च इन्स्टिच्युट , नयाँ दिल्लीबाट अन्तर्राष्ट्रिय कूटनीतिमा डाक्टर अफ फिलोसोफीको मानार्थ उपाधिबाट सम्मानित समेत भइसकेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : १२ बजे

अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुर मरे

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६

‘पृतनापति ट्रफी– २०८२’ सम्पन्न

कर्णाली– यही जेठ १ देखि ५ गतेसम्म सञ्चालित ‘पृतनापति ट्रफी–

जुम्लामा मार्सीधान रोपाइँ सुरु

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका– ३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा

हावाहुरी र असिनापानीले ठूलो क्षति, एक जना घाइते

बैतडी– हावाहुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका

चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते

झापा– नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको