‘ग्लोबल टी–२० क्यानडा’ – सन्दीपसँगै सोमपाल पनि खेल्ने « Khabarhub

‘ग्लोबल टी–२० क्यानडा’ – सन्दीपसँगै सोमपाल पनि खेल्ने


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘ग्लोबल टी–२० क्यानडा’ लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र सोमपाल कामी छनोट भएका छन् । बिहीबार भएको ड्राफ्टमा सन्दीप एसोसियट राउण्डबाट पहिलो चरणमै छनोट भएका थिए । मनोनयनमा परेका लामिछानेलाई टोरन्टो नेसनलले आफ्नो टिममा आवद्ध गरेको छ । यस्तै तीव्र गतिका बलर सोमपाल कामीलाई विनिपेग हक्सले टिममा अनुबन्ध गरेको छ ।

यो खेलबापत सन्दीपले ६० हजार अमेरिकी डलर पाउनेछन् । ड्राफ्टमा रहेका सोमपाललाई हक्सले न्युनतम ३ हजार अमेरीकी डलरमा अनुबन्ध गरेको हो ।

सोमपाल कामी नेपालबाट क्यानडा लिग खेल्ने सन्दीपपछि दोस्रो खेलाडी बनेका छन् ।

स्पिनर लामिछानेको टोलीमा भारतीय टिमका पुर्वक्रिकेटर युवराज सिंह समेत छन् । ग्लोबल टी-२० क्यानडा लिग आगामी जुलाई २५ देखि अगष्ट ११ सम्म चल्नेछ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १० : ५२ बजे

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको