नारायणस्थान डाँडामा बुद्ध मूर्ति « Khabarhub

नारायणस्थान डाँडामा बुद्ध मूर्ति


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको सबैभन्दा अग्लो ठाउँ बेथानचोक गाउँपालिका–३ स्थित पर्यटकीयस्थल नारायणस्थानको चिप्लेटी डाँडामा बुद्धको मूर्ति स्थापना गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणको समन्वयमा सो मूर्ति स्थापनासँगै बुद्धपार्क परिसरमा वृक्षरोपणसमेत गरिएको छ  । पर्यटकीय क्षेत्र बेथानचोकको नारायणस्थान डाँडामा स्थापना भएको बुद्धको मूर्तिले त्यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । 

उक्त गण स्थापनाको २१८औँ वार्षिकोत्सवको अवसरमा  स्थापना गरिएको उक्त मूर्ति उद्घाटन गर्दै २६ नं बाहिनीका प्रमुख सहायक रथी ज्योतिन्द्र महतले भौतिक विकासबाट राष्ट्रको समग्र विकासमा टेवा पुग्ने भएको र मूर्ति स्थापनाले पनि यहाँको आयस्रोत बढ्ने बताए । धार्मिक पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहेको नारायणस्थानडाँडा महाभारत क्षेत्रकै सबैभन्दा अग्लो स्थान भएकाले पनि पालिका र नेपाली सेनाबीचको सहकार्य र समन्वयबाट निर्माण भएको बुद्ध प्रतिमाले अझ थप टेवा पुग्ने उनको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बुद्ध मूर्ति स्थापनाले धार्मिक तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । पालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले नारायणस्थानडाँडामा यसअघि पनि पालिकाको सहयोगमा भौतिक संरचना निर्माण भएको र अहिले निर्माण भएको बुद्ध मूर्तिले बेथानचोक नारायणस्थानको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उल्लेख गरे ।

समुद्री सहतबाट तीन हजार १८ मिटरको उचाइमा रहेको नारायणस्थान डाँडाबाट थरिथरिका चराचुरुङ्गीको आवाजसँगै उपत्यका, काभ्रेपलाञ्चोक तथा आसपासका जिल्ला र तराईका फाँट र हिमाल अवलोकन गर्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ३ : ०६ बजे

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली