मूल्यवृद्धिविरुद्ध बोल्दा सत्तारुढ दलका कार्यकर्ताले ट्रोल बनाए : प्रदीप ज्ञवाली   « Khabarhub

मूल्यवृद्धिविरुद्ध बोल्दा सत्तारुढ दलका कार्यकर्ताले ट्रोल बनाए : प्रदीप ज्ञवाली  


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले सांसद प्रदीप ज्ञवालीले आफूले मूल्यवृद्धिविरुद्ध कुरा उठाउँदा आफूलाई ट्रोल बनाइएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले आफूले मूल्यवृद्धिको कुरा उठाउँदा अमेरिकामा खाना खाएको फोटोलाई ट्रोल बनाइएको बताए ।‘मूल्यवृद्धिको कुरा गर्दा सत्तारुढ दलका कार्यकर्ताले ट्रोल बनाए,’ उनले भने, ‘यसले उहाँको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना ।’

खाद्यान्न, तरकारीमा ४० प्रतिशत मूल्यवृद्धि भएको र मुद्रास्फीति ९ प्रतिशत रहँदा सर्वसाधारण मर्कामा परेको भन्दै उनले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारबाट कुनै काम नै नभएको बताए ।

मूल्यवृद्धि नियन्त्रणका लागि रुलिङ गर्न सभामुखसँग माग गरेका उनले भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि सरकारले मूल्य नघटाएको बताए ।

सरकारले व्यापारी र व्यवसायीलाई कर छुटसहितको लाभ उपलब्ध गराउँदा बस्तुको मूल्य नघटेको भन्दै उनले उपभोक्ताको अधिकारमाथि आक्रमण भएको बताए । कृत्रिम अभाव, महँगी नियन्त्रण र बजार अनुगमन गर्न माग गर्दै उनले अविलम्ब श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरे ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ३ : १२ बजे

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा