सिन्धुपाल्चोककी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार | Khabarhub Khabarhub

सिन्धुपाल्चोककी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोक– हेलम्बु गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि हेलम्बु–५ गोल्फु भञ्ज्याङकी २६ वर्षीया माया तामाङको आज हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष दीपकुमार तमाङले बताए ।

उनका अनुसार स्थानीय स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भएपछि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलिकप्टर बोलाएर सुत्केरी महिलालाई काठमाडौँ पठाएका हुन् ।

उनीसँगै हेलम्बु–५ कै अर्का एक हात भाँचिएका बिरामी माइली तामाङलाई पनि सोही हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । बाढीका कारण मोटरबाटो अवरुद्ध भएपछि हेलिकप्टरबाट बिरामीको उद्धार गरिएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ८ : १९ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र