‘बिपीको सिद्धान्त छाडेका छैनौँ’ « Khabarhub

‘बिपीको सिद्धान्त छाडेका छैनौँ’


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको सिद्धान्त कांग्रेसले नछाडेको बताएका छन् ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको चालीसौँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङ बुद्धसिं पार्कमा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ बिपीको पथमा हिँडिरहेको बताए  । बिपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि बिपीको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने पौडेलको भनाइ थियो । 

वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताए । गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको धारणा राखे । 

वरिष्ठ नेता पौडेलले प्रत्येक गाउँमा पोखरी र चौतारी बनाउनुपर्ने बताए । पोखरी र चौताराको सभ्यतालाई कायम गर्नुपर्ने बताउँदै पौडेलले भने, ‘पहिला पहिला सबै गाउँमा पोखरी र चौतारा हुन्थे, यसले गाउँको सुन्दरता थपेको थियो, आजभोलि हराउँदै जान थालेको छ । यसलाई संरक्षण गर्नुपर्छ ।’

वरिष्ठ नेता पौडेलले तनहुँमा कांग्रेसको नेतृत्वमा धेरै काम सुरु भएकाले यसलाई सम्पन्न गराउने जिम्मेवारी पनि कांग्रेसको भएको बताए । ‘मेरो नेतृत्वमा धेरै पूर्वाधारका काम भएका छन्, यसलाई सम्पन्न गराउनेतर्फ म तीव्र गतिमा लागिरहेको छु,’ पौडेलले भने  । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १ : २३ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको