नागरिकता विधेयक पारित गर्ने प्रक्रिया र वैवाहिक अङ्गीकृतमा नारायणकाजीको असहमति « Khabarhub

नागरिकता विधेयक पारित गर्ने प्रक्रिया र वैवाहिक अङ्गीकृतमा नारायणकाजीको असहमति

'कांग्रेसको निरन्तरको बलजफ्ती सधैँ स्वीकार्य हुँदैन'


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक पारित गर्ने प्रक्रियामा असहमति जनाएका छन् । प्रतिनिधिसभाले नागरिकता विधेयक पारित गरेको भोलिपल्ट नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।

‘संविधान जारी भएको ७ वर्षपछि नागरिकता विधेयक पारित भएको छ । यो ऐनको रूपमा अघि बढेपछि नेपाली नागरिक बाबु आमाका सन्तानहरूले संविधान अनुसार नागरिकताको प्रमाणपत्र प्राप्त गरी नागरिकताबिहीन हुनुको पिडाबाट मुक्ति पाउनेछन् । यो व्यवस्था छिट्टै हुनु पर्थ्यो । अब हुने भएको छ। यो सकारात्मक छ । तर यो विधेयक पारित गर्दा जुन प्रक्रिया अपनाइयो  र वैवाहिक अङ्गीकृत नागरिकताको हकमा जे व्यवस्था गरियो, त्यो दुवै कोणबाट गलत छ ।’ उनले लेखेका छन् ।

अघिल्लो सरकारले ल्याएको विधेयकमा राज्य व्यवस्था समितिले बहुमतले गरेको निर्णय पनि सरकारले उल्ट्याएर नयाँ विधेयक ल्याएको भन्दै श्रेष्ठले असन्तुष्टि पोखेका छन् । ‘वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी विवादलाई तत्काल केही समयका लागि थाती राखी अहिले समस्याको रूपमा रहेको नेपाली नागरिक बाबु आमाको सन्तानले नागरिकता पाउने व्यवस्थाको लागि विधेयक अघि बढाउनु पर्थ्यो ।’

एमसीसी पारित गरेको प्रक्रियालाई सम्झिँदै उनले भने, ‘गठबन्धन सरकारको कारणले पार्टीभित्र मतभेदको बिचमा बाध्यात्मक रूपमा १२ बुँदे व्याख्यात्मक  घोषणासहित अनुमोदन गर्‍यो । अहिले फेरि नागरिकताको विषयमा राज्य व्यवस्था समितिको धारणा नै हाम्रो धारणा हुँदाहुँदै पनि सरकारको विधेयकलाई पारित गर्ने निर्णय भयो ।’

‘कुनै समितिले बहुमतले पारित गरेको विषय मन परेन भने सरकारले फिर्ता लिएर अल्पमतमा रहेको आफ्नो बिचार अनुसारको विधेयक अघि बढाउने प्रवृत्ति हाबी भए लोकतन्त्र र संसद्को विधि कसरी कार्यान्वयन होला ? यो गम्भीर विषय हो ।’ उनले भनेका छन् ।

त्यति मात्र होइन उनले एसपीपी अस्वीकार गरिएको पत्र नपठाउने कार्य सरकारले गरिरह्यो भने त्यसलाई पनि बाध्यात्मक समर्थन गर्न सक्छौँ त ? उनको प्रश्न छ ।

गठबन्धनको नाममा नेपाली कांग्रेसको निरन्तरको बलजफ्ती सधैँ स्वीकार्य नहुने पनि उनले चेतावनी दिएका छन् । ‘हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरूमा सम्झौता हुन सक्दैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ। गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।’  श्रेष्ठले अन्तिममा लेखेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १ : २७ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले