ज्येष्ठ नागरिकबीच अनुभव आदान प्रदान  | Khabarhub Khabarhub

ज्येष्ठ नागरिकबीच अनुभव आदान प्रदान 


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङ र ओखलढुंगाका ज्येष्ठ नागरिकले अनुभव आदानप्रदान गरेका छन् । मझुवागढीस्थित कालिका भगवती मन्दिर दर्शनका क्रममा दिक्तेल आइपुगेका ओखलढुंगाका ज्येष्ठ नागरिक र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका ज्येष्ठ नागरिकबीच शनिबार भेटघाटका साथै अनुभव आदानप्रदान भएको हो ।

ज्येष्ठ नागरिक संघ खोटाङले  कार्यालयको प्राङ्गणमा ओखलढुङ्गाका ज्येष्ठ नागरिकको स्वागत तथा भेटघाट कार्यक्रम राखेको थियो ।कार्यक्रममा ज्येष्ठ नागरिकको हकहितको विषयमा आ-आफ्नो जिल्लामा भए गरेका कामको बारे दुबै जिल्लाका ज्येष्ठ नागरिकले एकअर्कालाई सुनाएका थिए । आ-आफ्नो संस्थागत काम तथा प्रगतिका बारे अनुभव बाँडेको ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष एवं जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

ज्येष्ठ नागरिकलाई यातायातमा छुट, स्वास्थ्य सेवामा छुट, जीवनभर विवाह नगरी बसेका वृद्धा र श्रीमतीको मृत्यु भएपछि विवाह नगरी बसिरहेका बिधुरलाई सामाजिक सुरक्षा भत्ता माग गर्दैआएको विषयमा चर्चा चलेको थियो ।

 कार्यक्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेत, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे लगायतको उपस्थिति रहेको थियोे । 

ओखलढुंगाका ज्येष्ठ नागरिकको यात्रामा सिद्धिचरण नगरपालिकाका उपमेयर बस्नेत लगायत सहभागी थिए । सो टोलीले बिहान कालिका भगवती मन्दिरको दर्शन गरेका छन् । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ४ : २८ बजे

आज एघारौँ चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको