लुम्बिनीको पुष्कर्णी पोखरीका माछा मर्न थाले « Khabarhub

लुम्बिनीको पुष्कर्णी पोखरीका माछा मर्न थाले


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– बुद्धजन्मस्थल तथा विश्वभर रहेका बौद्धधर्मालम्बीहरुको आस्थाको केन्द्र मायादेवी मन्दिर परिसरमा रहेको पुष्कर्णी पोखरीमा रहेका माछाहरू मरेका छन् । निरन्तर पानी पर्न सुरु भएदेखि नै पोखरीका माछा मर्न थाले पनि शुक्रबार भने एकै पटक ४० वटा माछा मरेको लुम्बिनी विकास कोषले जनाएको छ । 

कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार पोखरीको पानीमा अक्सिजनको कमी हुँदा प्रत्येक बर्ष जसो माछाहरू मर्ने गरेका छन् । यस पटक पानीमा अक्सिजनको कमी भएर माछाहरू मरेको हुन सक्ने शाक्यले बताए । 

‘यो वर्ष पानी परेन गर्मीले पोखरीको पानी सुक्यो ।’ शाक्यले भने, ‘सिमसिम पानी परेपछि अक्सिजनको कमी भएर हुनसक्छ, ४० वटा माछा मरे ।’ पोखरीमा पानी कमी भइ अक्सिजनको कमी भएको हुनसक्ने भन्दै शनिवार पोखरीको पानी फेर्न सुरु गरेको शाक्यले बताए ।

पोखरीको माछा मर्न थालेपछि स्थानीयले कोषप्रति आक्रोश व्यक्त गरेका छन् । प्रत्येक वर्ष माछा मर्ने जानकारी कोषलाई भए पनि जोगाउन समयमै प्रयास नगरेको उनीहरूको आरोप छ । विश्व आस्थाको धरोहर मायादेवी मन्दिर परिसरमा रहेको पवित्र पुष्कर्णी पोखरीमा माछा, कछुवालगायत जलचर प्राणी  छ्न् । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ५ : ०८ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ