गृहमन्त्री खाणद्वारा विपद्‍मा प्रयोग हुने सवारी, उपकरण तथा सहायता सामग्री हस्तान्तरण « Khabarhub

गृहमन्त्री खाणद्वारा विपद्‍मा प्रयोग हुने सवारी, उपकरण तथा सहायता सामग्री हस्तान्तरण


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका विपद्‍मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपांगता सहायता सामग्री हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण भएका सामग्रीमा आठवटा विपद् सामूहिक उद्दार एम्बुलेन्स छन् । यी एम्बुलेन्समा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिन लगायत ‘ए क्लास’को एम्बुलेन्समा हुने सबै खालका उपकर जडान गरिएका छन् । यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर समेत उपचार गर्न सकिन्छ ।

शनिबार हस्तान्तरण गरिएका एम्बुलेन्स नेपालमा भित्रिएका पहिलो विपद् सामूहिक उद्दार एम्बुलेन्सहरु हुन् । ‘यी सवारी साधनमा सिसिटिभी क्यामेरा जडान गरिएकाले टाढा रहेका विशेषज्ञ डाक्टरहरुले समेत उपचारमा गाइड गर्न सकिन्छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज जारीग रेको विज्ञप्तिमा भनिएको छ ।

मोबाइल अस्पतालका रुपमा समेत प्रयोग गर्न सकिने यी साधनहरु सातवटा प्रदेशमा एक–एक वटाका दरले वितरण गरिनेछ भने एउटा काठमाडौं उपत्यकामा रहनेछ ।

यस्तै, गृहमन्त्री खाणले आज नै थप आठ वटा ‘ए क्लास एम्बुलेन्स’ हस्तान्तरण गरेका छन् । यी एम्बुलेन्सहरु सातवटा प्रदेशमा एक–एक वटाका दरले वितरण गरिनेछ । एउटा काठमाडौं उपत्यकामा रहनेछ ।

यी एम्बुलेन्स सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित नेपाल एपिएफ अस्पतालसँगको समन्वयमा सञ्चालन हुनेछन् ।

त्यसैगरी, भूकम्प, पहिरो, आगलागी, वन डढेलो तथा बाढीजस्ता विपद्का घटनापछि खोज तथा उद्दारका लागि आवश्यक पर्ने ‘सर्क एण्ड रेस्क्यु’ उपकरणहरु पनि हस्तान्तरण गरिएका छन् ।

सोही अवसरमा प्राधिकरणले राष्ट्रिय अपाङ्ग कोषसँगको सहकार्यमा खरिद गरेको अपाङ्गता सहायतासम्बन्धी सामग्रीहरू राष्ट्रिय अपाङ्ग कोष र केही लाभग्राहीलाई हस्तान्तरण गरिएको छ । ती सहायता सामग्रीमा ह्वीलचेयर, कृत्रिम हातखुट्टा लगायत छन् ।

असार २९ गते प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को गोदाममा रहेका अपाङ्गता सहायता सामग्री आगलागीमा जलेर नष्ट भएका थिए । गृहमन्त्री खाणले उक्त गोदामको साउन १ गते अवलोकन गरी सामग्री शीघ्र उपलब्ध गराइने प्रतिबद्धता जनाएका थिए ।

यी साधन तथा उपकरण प्राधिकरणले मल्टी डोनर ट्रस्ट फण्ड (एमडीटीएफ) र विश्व बैंकको सहयोगमा व्यवस्थापन गरेको हो । एमडीटीएपमा अमेरिकी सहयोग नियोग (युएसएड), बेलायती सहयोग नियोग (एफसिडिओ), क्यानेडिएन एड र स्विस एजेन्सी फर डेभलप्मेन्ट एण्ड कर्पोरेसनको सहयोग छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ७ : १६ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै