रुकुमपूर्व – रुकुमपूर्वमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो ।
आज दहमा कमलको पोटा टिप्न गएका विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।
विक दहमा डुबेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर उहाँको उद्धार गरेको थियो । विकलाई जिल्ला अस्पताल पु¥याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रनाउ डाँगीले बताए ।
प्रतिक्रिया