कांग्रेसभित्रका अन्तर्घातीलाई दण्डित गर्नुपर्छ : नेता पौडेल | Khabarhub Khabarhub

कांग्रेसभित्रका अन्तर्घातीलाई दण्डित गर्नुपर्छ : नेता पौडेल


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्गठनका कारणभन्दा पनि अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेको उल्लेख गरे ।

‘पार्टीभित्र अन्तर्घातको सुरुआत धेरै अगाडिबाट भयो, आफैँभित्रको अन्तर्घातले खुम्चिन पुगेका छौँ, यसमा समीक्षा हुन जरुरी छ, यसमा आत्मनिरीक्षण हुन जरुरी छ’, उनले भने, ‘यसमा कसैले पनि ढाकछोप गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न हुँदैन, ढाकछोप गर्दै जाँदा गल्ती दोहोरिँदै जान्छ ।’

वरिष्ठ नेता पौडेलले अन्तर्घातीलाई दण्डित गर्नुपर्ने बताए । ‘अन्तर्घाती कुनै न कुनै रुपबाट दण्डित हुनुपर्छ, पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्छ’, उनले भने ।

पैसावालाहरुको बोलाबाला बढ्दै जाने र निष्ठावान कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाई थियो ।गठबन्धन आदर्श र सिद्धान्तका कारण नगरिएको बताउँदै वरिष्ठ नेता पौडेलले कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गरिएको बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ८ : ४३ बजे

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम

रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय, प्रदेश र जिल्ला

जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ

पर्वत – पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले

राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली

काठमाडौं – राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष