सशस्त्रका १६ जना एसएसपी बढुवाका लागि सिफारिस (सूचीसहित) | Khabarhub Khabarhub

सशस्त्रका १६ जना एसएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी बलमा १६ जना एसएसपीको बढुवाका लागि सिफारिस भएको छ । शनिवार सांझ बसेको बढुवा समितिको बैठकले सशस्त्रमा १४ कामु एसएसपीसहित अन्य दुई जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो ।

एसएसपी प्रविण कंडेल एक नम्बरमा बढुवा सिफारिस भएका छन् । कामु एसएसपी दिपेन्द्र कुंवर पनि बढुवाका लागि सिफारिस भएका छन्् । त्यस्तै महानिरीक्षकको सचिवालयमा रहेका विष्णु भट्ट बढुवा भएका छन् ।

बढुवामा दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल तिउसिना,निरकृष्ण अधिकारी, सुधिरजंग थापा,किरण बस्नेत र माधव पौडेल,उद्धव बहादुर न्यौपाने,राजेन्द्र खड्का र नरेन्द्र सेन बढुवा भएका छन् । त्यसैगरी एसपीबाट किरण ढुंगाना र शंकर खनाल एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षमा गृहमन्त्रालयले गठन गरेको बढुवा समितिमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सदस्य र एआईजी नारायणदत्त पौडेल सदस्य सचिव छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ९ : १७ बजे

रुससँग चाँडो युद्ध विराम गर्नुपर्ने युक्रेनको प्रस्ताव

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चाँडो युद्ध विराम गर्नुपर्ने

देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

निसीखोलामा ‘थाम राम’ संस्कृतिको रौनक

बागलुङ– ‘थाम राम’ निसीखोलाको विशिष्ट मौलिक संस्कृति हो । यो

दाउन्ने सडकः एक वर्षमा ६३ पटक बन्द

नवलपरासी – बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय