‘मल्लकालीन संस्कृति र चाडपर्व’ पुस्तक सार्वजनिक | Khabarhub Khabarhub

‘मल्लकालीन संस्कृति र चाडपर्व’ पुस्तक सार्वजनिक


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृतिप्रेमी एवं अध्येता डा वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हासिल गर्न सकिने जनाइएको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुस्तक विमोचन गर्दै ज्योतिषशास्त्रलाई विज्ञान र गणितको आँखाबाट हेर्नुपर्नेमा जोड दिनुभयो । संस्कार र संस्कृतिमा नदेखिँदा तरिकाबाट भित्रिएका कुसंस्कार र विकृति हटाई वास्तविक तथ्यसम्म पुगी अध्ययन गर्नेका लागि सो पुस्तक कोशेढुङ्गा सावित हुने डा कन्हैया झाले बताए ।

इतिहासविद् तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले नेवाः संस्कृति परापूर्वकालदेखि गणितसम्मत रहेको चर्चा गर्दै मल्लकालीन संस्कृतिलाई हराउन दिने हो भने नेपालको वर्तमान पनि मरितूल्य हुने धारणा व्यक्त गरे।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले डा कायस्थद्वारा लिखित पुस्तकले आगामी पुस्तालाई नेवाः संस्कृतिका सम्बन्धमा ज्ञान आर्जन गर्न सहायक सिद्ध हुने बताए ।

विमोचित उक्त पुस्तक ८६ उपशीर्षकमा विभाजित छ । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषय समावेश गरिएका छन् ।

नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्व जस्तै दसैँ, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे विस्तृतरुपमा उल्लेख छन् । कार्यक्रममा वडाध्यक्ष योगेन्द्रमान बिजुक्छे, मनजित मल्ल र दीपक कायस्थले विमोचित पुस्तकको विशेषता र महत्वबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : २२ बजे

शिक्षासहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा संसदीय समितिको बैठक

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

भियतनाम – भियतनाममा खराब मौसमका कारण पर्यटक चढेको डुङ्गा पल्टिदा

ओली उवाच र शास्त्र : चतरामा शल्यक्रिया गरेकै थिए त ऋषि सुश्रुतले ?

काठमाडौं – सुनसरीको चतराधामस्थित भवानीथानका जङ्गलमा प्रशस्त बिजयसाल पाइन्थे ।

एउटै दमकलको भरमा लमजुङका आठ पालिका 

लमजुङ– गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा

कास्कीको लुम्ले र इलाममा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको