साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण | Khabarhub Khabarhub

साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा डा टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले शनिबार सो कृतिको लोकार्पण गरे ।

विसं २००१ वैशाख १ गते झापाको शान्तिनगरमा जन्मेका साहित्यकार तेराखको २०७८ असार १६ गते उपचारका क्रममा विराटनगरमा निधन भएको थियो । सर्वजा (उपन्यास), रातको बाह्र बजे (उपन्यास), प्रिय शान्तनगर (खण्डकाव्य), ढाडेको नाकमा घिउ (निवन्ध सङ्ग्रह)लगायतका दर्जनौँ साहित्यिक कृति प्रकाशित गरेर तेराखले नेपाली साहित्यमा गुन लगाएको साहित्यकार मिश्र बैजयन्ती बताउँछन् ।

विद्यार्थी अवस्थादेखि नै साहित्य सिर्जनामा लाग्नुभएका तेराख सम्पादक, राजनीतिक अभियन्ता र शिक्षक थिए । पञ्चायती शासनको विरोधमा उनले आँखो, झटारोजस्ता प्रगतिशील पत्रिकामा लेख रचना छपाएका थिए । प्रा डा न्यौपानेले नेपाली साहित्य क्षेत्रमा तेराखले पुर्‍याएको योगदानलाई हरेक नेपालीले कदर गर्नुपर्ने बताउँदै उनको स्मृति ग्रन्थले उनको जीवनीलाई नयाँ पुस्तामाझ उजागर गर्न सफल भएको धारणा राखे ।

सोही अवसरमा तेराख परिवारजनका तर्फबाट उनका छोरा लेखनाथ खतिवडाले प्रतिष्ठानको अक्षयकोषका लागि रु १० लाखको चेक प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेललाई हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : ४२ बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको