छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु   | Khabarhub Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु  


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँके, कैलाली, झापा र सिराहामा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० राझामा ग.९ प १६६० नम्बरको स्कुटर शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक सोही ठाउँ बस्ने १९ वर्षीय खेमराज शाही र स्कुटरमा सवार १६ वर्षीय दिनेश राना मगर रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा रोकी राखेको बा.२१ च २९०३ नम्बरको बलेरो जिपमा क.१ प १५९८ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक जुम्ला तातोपानी गाउँपालिका–१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार जुम्ला तातोपानी गाउँपालिका–१ बस्ने २५ वर्षीय अक्कल कठायतको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।

झापाको कमल गाउँपालिका–१ पुतली चोकस्थित सडकमा प्र.१–०१–०१३ प ४३४२ नम्बरको स्कुटरको ठक्करबाट शनिबार पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीया मनमाया बास्कोटा रहेकी छन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालकको मक अस्पताल एण्ड रिसर्च सेन्टर दमकमा उपचार भइरहेको छ ।

सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित सडकमा प्र.२–०१–००१ च. ०३२७ नम्बरको पिकअपको ठक्करबाट शनिबार पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेकी करिब १४ वर्षीया बालिका रहेकी छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको फुलकुमारी मेमोरील अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : ४२ बजे

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर

सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै

काठमाडौं– सिरियाको सुवेदा क्षेत्रमा जारी हिंसा अझ तीव्र बन्दै गएको

राप्रपाबाट पदमुक्त गरिएका गिरी आयोगमा, लिङ्देन स्वेच्छाचारी बनेको आरोप

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार जिम्मेवारी मुक्त गरिएका

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक

कास्कीको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

गण्डकी– जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशको पोखरासहित विभिन्न