मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न आयोगले सुरु गर्‍यो गृहकार्य | Khabarhub Khabarhub

मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न आयोगले सुरु गर्‍यो गृहकार्य


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न गृहकार्य सुरु गरेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपबाट सम्पन्न गर्न मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन कार्य योजना समेत बनाई सुरु गरिसकेको आयोगले जनाएको छ ।

‘यसको लागि २०७९ साउन १ गतेदेखि भाद्र ७ गतेसम्म कार्यक्रम सञ्चालन हुने गरी आयोगको २०७९ असार ३१ गतेको निर्णय अनुसार कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाई सकिएको छ,’ आयोगले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

सोही कार्यलाई प्रभावकारी बनाउन आज मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिको बैठक बसेको थियो ।

बैठकले आवश्यक पूर्वाधार सहितको पायक पर्ने स्थानमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरी पुनरावलोकन गर्दै सिफारिस गरी पठाउने सम्बन्धमा आवश्यक सहयोग, सहजीकरण र समन्वय गरिदिन सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट आयोजना गरिएको छलफल कार्यक्रम र बैठकमा अनिवार्य रूपमा सहभागी हुनका लागि सम्बन्धित राजनीतिक दलका जिल्ला स्तरीय संगठनलाई आवश्यक निर्देशन हुन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : ४७ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र