उपचारका लागि विदेश जाने क्रम हटाउनुपर्छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

उपचारका लागि विदेश जाने क्रम हटाउनुपर्छ : अध्यक्ष तिमिल्सिना


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न विदेश जाने क्रम हटाउनुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज आयोजना गरेको ‘कोभिड–१९ महामारी तथा जनस्वास्थ्यका विषय’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले मुलुकमै सञ्चालित स्वास्थ्य संस्थामा आवश्यक उपचार पाउनुपर्ने व्यवस्था गर्नुपर्नेमा बताएका हुन् ।

‘यहाँ अन्य मुलुकको तुलनामा राम्रो उपचार सेवा प्रदान गरिन्छ भन्ने कुरा सम्पूर्ण नेपालीको मनस्थितिमा जगाउन जरुरी छ । अन्य देशमा उपचार सेवा लिन जाँदा रकम बाहिरिन्छ’, अध्यक्ष तिमिल्सिनाले भने। आम नागरिकले आफ्नो स्वास्थ्यमा ध्यान दिन र कोभिड–१९ सङ्क्रमणबाट बच्न विगतमा जस्तै अनिवार्य रुपमा मास्क प्रयोग तथा खोप लगाउन जरुरी रहेको उनको धारणा थियो ।

समितिका सभापति दिलकुमारी रावल थापाले स्वस्थ्य नागरिक तथा सबल राष्ट्र निर्माणका लागि आम नागरिकले उतरदायित्वका साथै जवाफदेहिताको पालना गर्न जरुरी रहेको बताइन । यस्तै स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले सन् २०३० सम्ममा मुलुकमा १५ देखि २० हजार स्वास्थ्यकर्मी आवश्यक रहेको उल्लेख गर्दै यसका लागि मन्त्रालय अघि बढ्न जरुरी रहेको बताए ।

 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : ०० बजे

गैरन्यायिक खोला र सडक मापदण्ड पीडितले पौष १७ गते प्रदर्शन गर्ने

काठमाडौं– गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले पौष

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

खोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता

काठमाडौं– पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच  भेटवार्ता

तस्बिरमा हेर्नुहोस्, गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’

काठमाडौं–  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

स्वास्थ्य सामग्रीको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागको आग्रह

काठमाडौँ– नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था