युरोपका ४४ देशमा ‘प्रेमगञ्ज’ « Khabarhub

युरोपका ४४ देशमा ‘प्रेमगञ्ज’


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘प्रेमगञ्ज’ युरोपका ४४ देशका विभिन्न शहरमा एकसाथ प्रदर्शन हुने भएको छ । यो फिल्मले सार्वजनिक रूपमै विदेशी फिल्म सरह थिएटरमै प्रदर्शन हुने भएको छ । अन्तराष्ट्रिय कम्पनीले नेपाली भाषाको फिल्म यसरी प्रदर्शन गर्न लागेको यो पहिलोपटक हुनसक्छ । फिल्म ‘प्रेमगञ्ज’ लाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ ले युरोप प्रदर्शन गर्दैछ । जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो । 

‘अन्तराष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ, यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ’ निर्देशक परिच्छेद सेनले भने । उनले फिल्मको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरूलाई देखाइरहेको बताए । सबैले नेपालमा पनि फिल्म ईण्डष्ट्री छ ? भनेर सोध्नु हुन्छ, यसरी सोध्दा भने दुःख लाग्छु निर्देशक सेनले भने’ । उनको अनुसार एप्पल टिभी, गूगल टिभी, हट्स्टार लगायतका एपले फिल्म हेर्न खोजिरहेका छन् ।

छिमेकी मुलुक भारतमा रिलिज पनि ड्रिम्स थिएटर मोशन पिक्चर जस्तो प्रतिष्ठित कम्पनीले वितरण गर्ने तयारी रहेको निर्माण पक्षको दावी छ । फिल्मबाट पैसा कमाउने भन्दापनि आगामी फिल्मका लागि बाटो खोजिरहेको सेनको भनाई छ । फिल्ममा बेनिशा हमाल, तेज गिरीका अलावा सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पवन भट्टराई, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको आदि कलाकारको अभिनय रहेको छ ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुँयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायाङ्कन रहेको फिल्म भदौ ३ गते नेपाललगायत अन्तराष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  २ : १७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते