खरका छाना हटाउने अभियान सुरु « Khabarhub

खरका छाना हटाउने अभियान सुरु


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको महावै गाउँपालिकाले खरको छानामुक्त बनाउने अभियान सुरु गरेको छ । गाउँपालिकाभित्र रहेका खरले छाएका घरलाई विस्थापित गर्ने अभियान चलाइएको छ । 

खरले छाएका घरपरिवारलाई जस्तापाता वितरण सुरु गरेको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाभित्रका सबै खरले छाएका घरलाई विस्थापित गरेर जस्तापाताले छाउने अभियान सुरु भइसकेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताएका छन् । ‘हामीले पहिलो चरणमा खरले छाएका २९ घरधुरीलाई जस्तापाता वितरण गरेको छौँ’, उनले भने, ‘अन्य खरले छाएका घरको तथ्याङ्क सङ्कलन भइरहेको छ ।’ गाउँपालिकामा खरले छाएका केही घरको भइसकेको र केही घरको बाँकी रहेकाले सबैलाई जस्तापाता वितरण गरेर गाउँपालिकालाई खरको छानामुक्त गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष सिंहले बताएका छन् ।

‘निम्न वर्गका परिवार, जो टिन लगाउन नसकी खरको छानामुनि बसिराख्नुपरेको छ, उनीहरूलाई लक्षित गर्ने अभियान सुरु गर्न थालिएको छ’, उनले भने, ‘खरको छानो हुँदा आगलागी हुने जोखिम पनि धेरै भएकाले स्थानीयवासीलाई सुरक्षित बसोबासमा सहयोग गर्न अभियानको थालनी गरिएको छ ।’

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ३ : ३३ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा