राधा ट्रेलर : श्रीमानको पर्खाइ र खोजीमा राधा  « Khabarhub

राधा ट्रेलर : श्रीमानको पर्खाइ र खोजीमा राधा 


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीमानको पर्खाइ र खोजीमा रहेको एकल महिलाको कथामा आधारित फिल्म ‘द सेक्रेट अफ राधा’ को ट्रेलर सार्वजनिक गरिएको छ । एकल महिलाको संघर्षलाई फिल्ममा देखाइने छ भदौ १० गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘राधा’ ले पनि वैदेशिक रोजगारीकै विषय उठाएको छ । ट्रेलरले खुलेर यो कुरा देखाउन चाहेको छैन तर सृष्टि श्रेष्ठको चरित्रले यही कुराको संकेत गर्छ ।

पछिल्लो समय अभिनयमा पोख्त भनिएका अभिनेताहरूको हालीमुहाली रहेको फिल्ममा सृष्टिसहित सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, दयाहाङ राई, निश्चल बस्नेतको अभिनय छ । फिल्ममा दयाहाङ र निश्चल अतिथि भूमिकामा छन्।

यस फिल्ममार्फत अभिनेता सौगात पहिलोपटक निर्माताको रुपमा आउँदैछन् । कालिप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मलाई निर्देशक समेत रहेका सुवर्ण थापा स्वयंले लेखेका हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ३ : २९ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन