धर्म संस्कृतिसँग जोडिएका भावनात्मक विषयमा सरकार गम्भीर छ– मन्त्री अर्याल « Khabarhub

धर्म संस्कृतिसँग जोडिएका भावनात्मक विषयमा सरकार गम्भीर छ– मन्त्री अर्याल


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले धर्म संस्कृति, परम्परा, जात्रा, पर्व, मठ, मन्दिरसंग जोडिएका भावनात्मक कुरामा सरकार रत्तीपनि विचलित नभएको बताएकी छिन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत आफ्नो मन्त्रालयमा विनियोजित बजेटमाथि संसदमा उठेका सवालको सम्बोधन गर्दै मन्त्री अर्यालले गुठी सम्बन्धी विधेयक अहिलेको लागि स्थगित भएपनि यसको आवश्यकता भने भइरहने उल्लेख गरिन् ।

विधेयकको आवश्यकता र औचित्य आजपनि उत्तिकै रहेको भएपनि तत्कालका लागि विधेयक फिर्ताको प्रक्रिया अघि बढीसकेको उनको भनाइ थियो ।

‘सरकारको तर्फबाट एउटा संकल्प व्यक्त भईसकेको छ । किन आवश्यक थियो भन्ने कुरा पनि बताईएको छ । त्यो आज मात्रै होइन भोली पनि छ । यससंग जोडिएका दुईवटा पक्षमा सरकार जतिखेर पनि संवेदनशील छ । हाम्रो धर्म संस्कृति, परम्परा, जात्रा, पर्व, मठ, मन्दिरसंग जोडिएका भावनात्मक कुरामा सरकार रत्ती पनि विच्चलित छैन” मन्त्री अर्यालले भनिन् ।

विधेयक फिर्ताबारे चासो राखेका सांसदलाई मन्त्री अर्यालले कानुन बुझ्न र सूचना लिन सुझाव दिइन् । उनले भनिन् “मन्त्रीको संकल्प मात्रै होइन, सरकारले हिजो मात्रै निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ । त्यो यो सदनमा पेश भएकै छैन । यहाँबाट फिर्ता हुदैन । राष्ट्रियसभाको निम्ति प्रक्रिया अगाडि बढेको छ । माननिय सदस्यहरुले पनि सूचना लिन पर्यो । कानुन बुझ्न पर्यो । ”

उनले मोहियानी हकको स्थापित गर्ने सम्बन्धमा सरकार संवेदनशील रहेको र सो सम्बन्धी कानुन निर्माणको लागि प्रक्रिया अघि बढीसकेको जानकारी गराइन् ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १ : ५१ बजे

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण