यसकारण गरिदैछ ‘अक्वामेन २’ बहिष्कारको माग | Khabarhub Khabarhub

यसकारण गरिदैछ ‘अक्वामेन २’ बहिष्कारको माग


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउड फिल्म  ‘पायरेट्स अफ द क्यारेबियन’ स्टार जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डबीच चलिरहेको हाई प्रोफाइल मुद्दाबारे जोकोही जानकार छन् । यी दुवै स्टार अहिले पनि मानहानी मुद्दामा अदालत आउजाउ गरिरहेका छन् । कहिले एम्बर त कहिले जोनी अदालतमा आफ्नो मुद्दामा सुनाइएको फैसलालाई चुनौती दिँदै आइरहेका छन् ।

मानहानी मुद्दाको फैसला भएको एक महिना बितिसकेको छ । दुवै पक्षको मुद्दामा अदालतले जरिवाना तिर्न भनिसकेको छ । यो मुद्दाको फैसला जोनीको पक्षमा सुनाइएको थियो । अहिले अभिनेत्री एम्बरका लागि अर्को दुःखको खबर बाहिर आएको छ । सामाजिक सञ्जालमा उनको बहुप्रतिक्षित फिल्म ‘अक्वामेन २’ लाई बहिष्कार गर्न माग उठिरहेको छ ।

अदालतमा मुद्दा चलिरहँदा सामाजिक सञ्जालमा फिल्मले एम्बरलाई निकालेको चर्चा चलेको थियो । तर, केही दिनअघि मात्र एम्बरले यो चर्चामा बिराम लगाएकी छन् । ‘यस्तो हल्ला पहिलादेखि नै आइरहेको छ । जुन गलत, संवेदनशील र अनौठो छ । एम्बरको एक दृश्य फिल्मबाट अवश्य नै हटाइएको छ, तर यसको अर्थ यो होइन कि उनलाई फिल्मबाट निकालियो’, एम्बरका प्रवक्ताले भनेका छन् । प्रवक्ताको भनाइले पनि एम्बर अझै पनि फिल्मको हिस्सा भएको प्रष्ट भएको छ । त्यहीकारण फिल्मलाई बहिष्कारको माग चलेको हो ।

जोनीलाई घरेलु शोषणको आरोप लागेपछि उनलाई कयौं चर्चित फिल्मबाट निकालिएको थियो । त्यहीकारण उनी अहिले कुनै प्रोजेक्टको हिस्सामा छैनन् । जोनी कुनै पनि फिल्ममा नजोडिनु र एम्बर ‘एक्वामेन २’ मा जोडिनुले जोनीका फ्यान रिसाएका छन् । जसकारण उनीहरूले फिल्म बहिष्कारको आवाज उठाइरहेका छन् । फ्यानहरूले डीसी सुपर हीरो यूनिभर्सको फिल्म ‘अक्वामेन २’ को तीव्र प्रतीक्षा गरिरहेका छन् । तर, एम्बरका कारण फिल्मले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणीको सामना गरिरहेको छ ।

फिल्मको पहिलो संस्करण सन् २०१८ मा रिलिज भएको थियो । फिल्ममा जेसन मोमोआ, एम्बर हर्ड, निकोल किडमेनजस्ता कलाकारको अभिनय थियो । यही फिल्मबाट एम्बरले लोकप्रियता कमाएकी थिइन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ०३ बजे

सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको आठौँ सेमेस्टरमा अध्ययनरत कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।