नेपालको १४० देशसँग व्यापार घाटा, ३१ देशसँग मात्र नाफामा   « Khabarhub

नेपालको १४० देशसँग व्यापार घाटा, ३१ देशसँग मात्र नाफामा  


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको वैदेशिक व्यापार विश्वका १७१ भन्दा बढी देशसँग रहेको पाइएको छ ।

भन्सार विभागका अनुसार वैदेशिक व्यापार भएका देशमध्ये १४० देशसँग घाटा र ३१ देशसँग मात्र नेपालको व्यापार नाफामा रहेको छ ।

गत आर्थिक वर्ष नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार रुपैयाँ रहेको थियो । सो समयमा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तु आयात र २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

नेपालको व्यापार घाटा रहेको देशमा भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया, युक्रेन, मलेसिया, ब्राजिल, थाइल्याण्ड, क्यानडा, बंगलादेश, भियतनाम, दक्षिण कोरिया, साउदी अरेबिया, स्वीट्जरल्याण्ड, सिंगापुर, बेल्जियम, जापान, पराग्वे, टर्की, रुस, दक्षिण अफ्रिका, फ्रान्स, नेदरल्याण्ड्स, जोर्डन, कतार, इजिप्ट, इटाली र म्यानमार रहेका छन् ।

यस्तै, बेलायत, जर्मनी, मोजाम्बिक, न्युजल्याण्ड, इजरायल, पोल्याण्ड, चेक रिपब्लीक, सुडान, बहराइन, भुटान, फिलिपिन्स, स्पेन, लिथुवानिया, तान्जानिया, आयरल्याण्ड, पाकिस्तान, ग्वाटेमाला, मेक्सिको, अष्ट्रिया, श्रीलंका, कुवेत, ओमान, स्लोभाकिया, स्वीडेन, मोल्डोभा, भेनेजुयला, फिनल्याण्ड, हंगेरी, नाइजेरिया, नर्वे, चिली, युगाण्डा, बुल्गेरिया, मलावी, कोस्टारिका, केन्या, गाबोन, पोर्चुगल, सर्विया र लेबनानसँग पनि नेपालको व्यापार घाटामा रहेको छ ।

नेपालको व्यापार घाटा रहेको अन्य देशमा मंगोलिया, ग्रिस, रोमानिया, डोमेनिकन रिपब्लिक, लाइबेरिया, लग्जेम्वर्ग, कजाकास्तान, स्वाजील्याण्ड, पेरु, इथियोपिया, माडागास्कर, नामिबिया, जर्जिया, स्लोभेनिया, उज्वेकस्तान, साइप्रस, बेलिज, एन्डोरा, लाटिभिया, उरुग्वे, माली, कोमोरोस, मौरिसस्, ट्यनिसिया, इरान, बोस्नीया एण्ड हर्जगोभिना, पपुवा न्युगिनी, ब्रुनाई, निकारागुवा, इराक, कोशोभो, सर्विया, क्यामरुन, इस्ट टिमोर र होन्डुरस रहेका छन् ।

विभागका अनुसार एल साल्भाडोर, कोलम्बीया, केप भर्डे, पानामा, सोमालिया, भर्जिन आइल्याण्ड्स, सुरिनेम, इक्वेडर, आइसल्याण्ड, बहामस, टोगो र बोलिभियासँग पनि नेपालको व्यापार घाटा रहेको छ ।

नेपालको व्यापार नाफामा रहेका देशमा ग्रेनाडा, किर्गिस्तान, सेन्ट हेलेना, मोरक्को, सेनेगल, घाना, कंगो, सियरा लियोन, बर्मुडा, माइक्रोनेसिया, जमाइका, फिजी, अजरवैजान, ट्रिनिडाड एण्ड टोबागो, माल्टा, मोनाको, अर्मेनिया, जाम्बीया, क्रोएसिया, यमन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, माल्दिभ्स, न्यु क्यालेडोनिया, गुयना, नाइजर, कम्बोडिया र डेनमार्क रहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १२ : ५५ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख