नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा विरोध प्रदर्शन | Khabarhub Khabarhub

नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा विरोध प्रदर्शन


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा एक समूहले विरोध प्रदर्शन गरेका छन् ।

रेडक्रस सोसाइटीले मंगलबार काठमाडौंमा वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र विषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको थियो । तर असन्तुष्ट पक्षले रेडक्रस भित्र विधिको शासन कायम लागू गर, रेडक्रसलाई निजी कम्पनी नबनाउँ, अदालतको आदेश पालना गर लगायतका प्लेकार्ड देखाउदै प्रदर्शन गरेका हुन् ।

सरकारले जेठ ३१ गते सुदर्शनप्रसाद नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो , उक्त निर्णयप्रति निवर्तमान अध्यक्ष डा नेत्रप्रसाद तिम्सिना पक्ष अदालत गएको थियो । सोसाइटीका अध्यक्ष नेपालले अदालतलाई देखाउदै अर्को पक्षले सोसाइटीको काममा अवरोध सिर्जना गर्दै आएको आरोप लगाएका छन् ।

यसअघि दुवै पक्षबीच रेडक्रस सोसाइटीको कार्यालयमा पनि पटक पटक विवाद हुँदै आएको छ । 

 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ५ : ०३ बजे

इजरायलको टेलिभिजनमा आक्रमण गर्ने इरानको चेतावनी

तेहरान – इजरायल र इरानले सञ्चार माध्यममै आक्रमण सुरु गरेका

फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित

काठमाडौं – फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई

इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव

काठमाडौं – इरान र इजरायलको युद्ध बढ्दै गएपछि अमेरिकी राष्ट्रपति

क्लब विश्वकप : लस एन्जलसमाथि चेल्सीको सानदार जित

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘डी’को खेलमा चेल्सी विजयी

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय