यस्ता छन् मन्त्रिपरिषद् बैठकका एक दर्जन निर्णय « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकका एक दर्जन निर्णय


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ९५ करोड रुपैयाँ बराबरको अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनका लागि ९५ करोड रुपैयाँ बराबरको अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।

बैठकले सबैको दिगो खानेपानी तथा सरसफाइ आयोजनाका लागि युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गरिएको उनले बताए।

 बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीलाई मनोनयन गर्ने निर्णय गरेको छ भने नेपाली मूलका पोलिस नागरिक डा बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकी नेपालको अवैतानिक बाणिज्यदूत नियुक्त गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए। त्यस्तै मन्त्रीपरिषद्ले शहीद गंगाला राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा प्रकाशराज रेग्मी र डा  नविन चन्द्र गौतमलाई मनोनयन गर्ने निर्णय गरेको उनले जानकारी दिए।

बैठकले राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ६ : ०७ बजे

रास्वपा केन्द्रीय समिति बैठक, यस्ता छन् विभिन्न ९ एजेन्डा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार

हर्क साम्पाङकै शैलीमा डोनाल्ड ट्रम्प, एक घण्टाभित्र गरे ३७ वटा सामाजिक सञ्जाल पोस्ट

काठमाडौं- नेपाली नेताहरूमध्ये सामाजिक सञ्जालमा सबैभन्दा धेरै पोस्ट गर्नेमा चिनिन्छन्

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान

घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीलाई निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

काठमाडौं- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष