नेकपा र कांग्रेसकै सहमतिमा देशमा लुटतन्त्र मच्चियो– थापा « Khabarhub

नेकपा र कांग्रेसकै सहमतिमा देशमा लुटतन्त्र मच्चियो– थापा


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

अध्यक्ष थापाले सरकार सामू निरिहता प्रकट गरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको पनि चर्को आलोचना गरे । शुक्रबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कार्य समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष थापाले सरकारले सत्ता, शक्ति र राज्य स्रोतलाई कब्जामा लिएर जनमतको अपमान गरिरहेको आरोप लगाए ।

सरकारले मिडिया, मानव अधिकार आयोग, न्यायालय सबैमाथि हस्तक्षेप गरिरहेको अध्यक्ष थापाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्यक्ष थापाले सरकार र प्रमुख प्रतिपक्ष काँग्रेसको सहमतिमै मुलुकमा लुटतन्त्र मच्चाउने काम भइरहेको दावी गरेका छन् । उनले सरकारलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याएर समस्या समाधान गर्न आग्रह गरे ।

चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएर सरकारले मुलुकलाई दुष्चक्रमा फसाउन खोजेको अध्यक्ष थापाको निष्कर्ष छ । अध्यक्ष थापाले काँग्रेस र कम्युनिष्ट दुवै शक्ति मुलुकलाई अघि बढाउन असफल भएको बताउँदै गर्दै आफ्नो पार्टीलाई बैकल्पिक शक्तिको रुपमा स्थापित हुने दाबी गरे ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ४ : ४५ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने