नेकपा र कांग्रेसकै सहमतिमा देशमा लुटतन्त्र मच्चियो– थापा « Khabarhub

नेकपा र कांग्रेसकै सहमतिमा देशमा लुटतन्त्र मच्चियो– थापा


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

अध्यक्ष थापाले सरकार सामू निरिहता प्रकट गरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको पनि चर्को आलोचना गरे । शुक्रबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कार्य समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष थापाले सरकारले सत्ता, शक्ति र राज्य स्रोतलाई कब्जामा लिएर जनमतको अपमान गरिरहेको आरोप लगाए ।

सरकारले मिडिया, मानव अधिकार आयोग, न्यायालय सबैमाथि हस्तक्षेप गरिरहेको अध्यक्ष थापाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्यक्ष थापाले सरकार र प्रमुख प्रतिपक्ष काँग्रेसको सहमतिमै मुलुकमा लुटतन्त्र मच्चाउने काम भइरहेको दावी गरेका छन् । उनले सरकारलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याएर समस्या समाधान गर्न आग्रह गरे ।

चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएर सरकारले मुलुकलाई दुष्चक्रमा फसाउन खोजेको अध्यक्ष थापाको निष्कर्ष छ । अध्यक्ष थापाले काँग्रेस र कम्युनिष्ट दुवै शक्ति मुलुकलाई अघि बढाउन असफल भएको बताउँदै गर्दै आफ्नो पार्टीलाई बैकल्पिक शक्तिको रुपमा स्थापित हुने दाबी गरे ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ४ : ४५ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट