यार्सागुम्बाबाट मनाङमा ३६ लाखभन्दा बढी राजस्व संकलन | Khabarhub Khabarhub

यार्सागुम्बाबाट मनाङमा ३६ लाखभन्दा बढी राजस्व संकलन


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- मनाङमा यार्सागुम्बा संकलनबाट ३६ लाख २९ हजार पाँच सय एक रुपैयाँ राजस्व संकलन भएको छ । मनाङमा आर्थिक वर्ष ०७८/७९ मा जङ्गली जडीबुटी संकलनबाट ४० हजार १६ हजार ६४ रुपैयाँ राजस्व संकलन भएको एक्याप मनाङले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वनलसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र काठ बिक्रीबाट उक्त राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए ।

उनका अनुसार जिम्बू संकलनबाट ३९ हजार ९८, वन लसुनबाट ३४ हजार ५१२, गुची च्याउबाट १७ हजार दुई सय ३३, निगालोबाट दुई सय २१ र टिम्बुरबाट दुई लाख ९५ हजार चार सय ९९ राजस्व संकलन भएको छ ।

गौतमले भने, ‘आर्थिक वर्ष ०७८/७९ मा यार्सागुम्बा १०७.०५२ किलोग्राम, जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० पिस, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ । आर्थिक वर्ष ०७७/७८ मा मनाङमा ४०.५ किलोग्राम जडीबुटी संकलनबाट १३ लाख ९७ हजार २५० राजस्व संकलन भएको थियो ।

मनाङको चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको उनले बताए । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको छ । आव ०७७/७८ मा कोभिड- १९ का कारण जङ्गली जडीबुटी तथा काठ बिक्री गर्न समस्या भएकाले राजस्व संकलन कमी भएको प्रमुख गौतमको भनाइ छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ११ : ०७ बजे

न्हेचुङमा पूर्वाधार निर्माण गर्न तीन करोड बजेट

मुस्ताङ – माथिल्लो मुस्ताङको (नेपाल—चीन) उत्तरी कोरला नाकास्थित लोमान्थाङ–२ न्हेचुङमा

नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव

काठमाडौं – नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न