सीएनएनको खुलासा – अमेरिकी आणविक हतियारसम्म हुवावेको पहुँच « Khabarhub

सीएनएनको खुलासा – अमेरिकी आणविक हतियारसम्म हुवावेको पहुँच


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ प्रविधि कम्पनी हुवावेका सञ्चार उपकरणमा आणविक हतियारजस्ता रणनीतिक सञ्जालमाथि पहुँच पुर्‍याउने विशेषता रहेको पाइएको छ ।

अमेरिकी संघीय जाँचबुझ ब्युरो एफबीआईलाई उद्धृत गर्दै समाचार च्यानल सीएनएनले सार्वजनिक गरेको समाचारमा यस्तो तथ्य पत्ता लागेको हो ।

पूर्व राष्ट्रपति बाराक ओबामाको समयमा गरिएको अनुसन्धानबाट हुवावेका सञ्चार सामग्रीले रक्षा विभागका सञ्चार प्रणालीमा पहुँच पुर्‍याउन सक्ने पाइएको हो ।

अमेरिकाको मध्य पश्चिमी क्षेत्रमा रहेका अमेरिकी सैनिक अखडानजिक राखिएका हुवावेका सञ्चार उपकरणबारे गरिएको अनुसन्धानबाट यस्तो पाइएको सीएनएनले जनाएको छ ।

यसले अमेरिकी रणनीतिक कमाण्डको सञ्चार प्रणालीमा असर पुर्‍याउन सक्ने देखिएको छ । अमेरिकी आणविक हतियार पनि रणनीतिक कमाण्डको मातहतमा रहने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ ।

यस रिपोर्टमा सस्तो पर्ने भएकाले अमेरिकाका ग्रामीण क्षेत्रमा दूरसञ्चार कम्पनीहरुले हुवावेको उपकरण प्रयोग गर्ने गरेको उल्लेख छ ।

अमेरिकाको संघीय सञ्चार आयोग एफसीसीले ‘युनिभर्सल सर्भिस फण्ड्स’ नामक कार्यक्रममार्फत् हुवावेका सञ्चार उपकरणमा अनुदान दिइरहेको समेत उक्त रिपोर्टमा जनाइएको छ । अमेरिकाको अन्तर–राज्य एवम् अन्तर्राष्ट्रिय सेवा राजश्वबाट यस कार्यक्रम सञ्चालित भइरहेको बताइएको छ ।

यसअघि पनि हुवावेका सञ्चार उपकरणबाट मुलुकको राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुनसक्ने चिन्ताहरु व्यक्त गरिएका थिए । हुवावेको चीन सरकारसँग प्रत्यक्ष सम्बन्ध रहेको ठानिन्छ ।

केही वर्षयता यस कम्पनीले चीन सरकारका लागि प्रयोगकर्ताका व्यक्तिगत एवम् संस्थागत विवरणहरु अवैध रुपमा हासिल गर्ने गरेको आरोप लाग्दै आएका छन् ।

यद्यपि चीन सरकार र हुवावेले यस्ता आरोपको खण्डन गर्दै आएका छन् । यही जोखिम एवम् चिन्ताबीच केही मुलुकहरुले हुवावेमाथि प्रतिबन्धको घोषणा गरिसकेका छन् ।

गतवर्ष अमेरिकी कंग्रेुले हुवावे एवम् जेडटीई कम्पनीका प्राविधिक उपकरणहरु हटाउनका लागि १ अर्ब ९० करोड डलर छुट्याएको थियो ।

एफबीआईलाई उद्धृत गर्दै सीएनएनले सार्वजनिक गरेको नयाँ रिपोर्टले चिनियाँ कम्पनीबाट हुने डाटा चोरीको घटनालाई पुन: एकपटक उजागर गरेको छ ।

यद्यपि एफबीआईको उक्त अनुसन्धानमा हुवावेले सञ्चार उपकरणमार्फत् चोरी गरेका डाटा चीनतर्फ पठाए नपठाएकोबारे भने केही नखुलेको जनाइएको छ ।

तैपनि स्रोतहरुलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार हुवावेसँग व्यवसायिक एवम् सैनिक सञ्चारमा पहुँच पुर्‍याउने क्षमता रहेको देखिएको छ ।

यसअघि अष्ट्रेलिया, जापान, न्युजिल्याण्ड, ताइवान र अमेरिकाले विस्तारै हुवावेका उत्पादनहरुको प्रयोगमा कटौती गर्ने निर्णय गरेका थिए । हाल यो चिनियाँ कम्पनीले युरोपको सञ्चार प्रणालीको ३० प्रतिशत हिस्सा ओगटेको छ ।

यसअघि अमेरिकाको न्याय मन्त्रालयले सन् २०२० मा हुवावेको सञ्चार सामग्रीबाट राष्ट्रिय सुरक्षामा जोखिम रहेको भन्दै वाणिज्य मन्त्रालय समक्ष चिन्ता व्यक्त गरेको थियो ।

यद्यपि अमेरिकाका ग्रामीण भेगका दूरसञ्चार कम्पनीले अझै हुवावेका सामग्री परिवर्तन गरेबापत पाउनुपर्ने खर्च पाएका छैनन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : १२ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध