सीएनएनको खुलासा - अमेरिकी आणविक हतियारसम्म हुवावेको पहुँच | Khabarhub Khabarhub

सीएनएनको खुलासा – अमेरिकी आणविक हतियारसम्म हुवावेको पहुँच


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ प्रविधि कम्पनी हुवावेका सञ्चार उपकरणमा आणविक हतियारजस्ता रणनीतिक सञ्जालमाथि पहुँच पुर्‍याउने विशेषता रहेको पाइएको छ ।

अमेरिकी संघीय जाँचबुझ ब्युरो एफबीआईलाई उद्धृत गर्दै समाचार च्यानल सीएनएनले सार्वजनिक गरेको समाचारमा यस्तो तथ्य पत्ता लागेको हो ।

पूर्व राष्ट्रपति बाराक ओबामाको समयमा गरिएको अनुसन्धानबाट हुवावेका सञ्चार सामग्रीले रक्षा विभागका सञ्चार प्रणालीमा पहुँच पुर्‍याउन सक्ने पाइएको हो ।

अमेरिकाको मध्य पश्चिमी क्षेत्रमा रहेका अमेरिकी सैनिक अखडानजिक राखिएका हुवावेका सञ्चार उपकरणबारे गरिएको अनुसन्धानबाट यस्तो पाइएको सीएनएनले जनाएको छ ।

यसले अमेरिकी रणनीतिक कमाण्डको सञ्चार प्रणालीमा असर पुर्‍याउन सक्ने देखिएको छ । अमेरिकी आणविक हतियार पनि रणनीतिक कमाण्डको मातहतमा रहने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ ।

यस रिपोर्टमा सस्तो पर्ने भएकाले अमेरिकाका ग्रामीण क्षेत्रमा दूरसञ्चार कम्पनीहरुले हुवावेको उपकरण प्रयोग गर्ने गरेको उल्लेख छ ।

अमेरिकाको संघीय सञ्चार आयोग एफसीसीले ‘युनिभर्सल सर्भिस फण्ड्स’ नामक कार्यक्रममार्फत् हुवावेका सञ्चार उपकरणमा अनुदान दिइरहेको समेत उक्त रिपोर्टमा जनाइएको छ । अमेरिकाको अन्तर–राज्य एवम् अन्तर्राष्ट्रिय सेवा राजश्वबाट यस कार्यक्रम सञ्चालित भइरहेको बताइएको छ ।

यसअघि पनि हुवावेका सञ्चार उपकरणबाट मुलुकको राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुनसक्ने चिन्ताहरु व्यक्त गरिएका थिए । हुवावेको चीन सरकारसँग प्रत्यक्ष सम्बन्ध रहेको ठानिन्छ ।

केही वर्षयता यस कम्पनीले चीन सरकारका लागि प्रयोगकर्ताका व्यक्तिगत एवम् संस्थागत विवरणहरु अवैध रुपमा हासिल गर्ने गरेको आरोप लाग्दै आएका छन् ।

यद्यपि चीन सरकार र हुवावेले यस्ता आरोपको खण्डन गर्दै आएका छन् । यही जोखिम एवम् चिन्ताबीच केही मुलुकहरुले हुवावेमाथि प्रतिबन्धको घोषणा गरिसकेका छन् ।

गतवर्ष अमेरिकी कंग्रेुले हुवावे एवम् जेडटीई कम्पनीका प्राविधिक उपकरणहरु हटाउनका लागि १ अर्ब ९० करोड डलर छुट्याएको थियो ।

एफबीआईलाई उद्धृत गर्दै सीएनएनले सार्वजनिक गरेको नयाँ रिपोर्टले चिनियाँ कम्पनीबाट हुने डाटा चोरीको घटनालाई पुन: एकपटक उजागर गरेको छ ।

यद्यपि एफबीआईको उक्त अनुसन्धानमा हुवावेले सञ्चार उपकरणमार्फत् चोरी गरेका डाटा चीनतर्फ पठाए नपठाएकोबारे भने केही नखुलेको जनाइएको छ ।

तैपनि स्रोतहरुलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार हुवावेसँग व्यवसायिक एवम् सैनिक सञ्चारमा पहुँच पुर्‍याउने क्षमता रहेको देखिएको छ ।

यसअघि अष्ट्रेलिया, जापान, न्युजिल्याण्ड, ताइवान र अमेरिकाले विस्तारै हुवावेका उत्पादनहरुको प्रयोगमा कटौती गर्ने निर्णय गरेका थिए । हाल यो चिनियाँ कम्पनीले युरोपको सञ्चार प्रणालीको ३० प्रतिशत हिस्सा ओगटेको छ ।

यसअघि अमेरिकाको न्याय मन्त्रालयले सन् २०२० मा हुवावेको सञ्चार सामग्रीबाट राष्ट्रिय सुरक्षामा जोखिम रहेको भन्दै वाणिज्य मन्त्रालय समक्ष चिन्ता व्यक्त गरेको थियो ।

यद्यपि अमेरिकाका ग्रामीण भेगका दूरसञ्चार कम्पनीले अझै हुवावेका सामग्री परिवर्तन गरेबापत पाउनुपर्ने खर्च पाएका छैनन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : १२ बजे

बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई ‘बाइपास’ गर्न खोज्दा काठमाडौंको बजेट झन् अन्योलमा

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्रोत अनुमान तथा बजेट सीमा

बेलायती राजदूत रोब फेनद्वारा सिप मेलाको अवलोकन 

काठमाडौं– नेपालका लागि संयुक्त राज्य बेलायतका राजदूत रोब फेनले टुँडिखेलमा

पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा पशुहरुमाथि ज्यादती बढ्दो 

काठमाडौं– नेपाल सरकारले जारी गरेको पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा

खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक– जुगल गाउँपालिका-६ हाब्रास्थित बल्कुकुना खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-५

संसद् बिहीबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।  संसद्