तेलगु फिल्मका निर्माता सुटिङ रोकेर बढ्दो बजेट बारे छलफल गर्दै  « Khabarhub

तेलगु फिल्मका निर्माता सुटिङ रोकेर बढ्दो बजेट बारे छलफल गर्दै 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता बलिउड भन्दा महंगा फिल्महरू साउथ इन्डियामा बनिरहेका छन् । ‘बाहुबली २‘, ‘केजीएफ २’, ‘आरआरआर’ लगायतका फिल्मको बजेट ५ सय करोड आसपासमा छ ।  यो साउथका दर्शकले मात्र धान्ने बजेट हैन ।  विशेषत कन्नडा जस्तो सानो फिल्म उद्योगमा केजीएफले बजेट निकै माथि पुगाएको छ। यसरी एकपछि अर्को फिल्ममा बजेट बढ्न थालेपछि तेलगु फिल्मका एक्टिभ निर्माताहरूले अगस्ट १ देखि फिल्मको सुटिङ रोक्ने निर्णय गरेका छन् । 

उनीहरूले फिल्मको बढ्दो बजेटको बारेमा चिन्ता व्यक्त गर्दै छायांकन रोक्ने निर्णय लिएको बताएका छन् । फिल्म निर्माणको खर्च धेरै बढेको तर हलबाट आउने सेयर न्यून रहेको भन्दै छलफलका लागि तेलगुको एक्टिभ तेलुगु फिल्म प्रोड्युसर्स गिल्डले तत्कालका लागि सुटिङ रोक्ने निर्णय गरेको हो । उनीहरूले बृहत् रुपमा छलफल गर्ने र उद्योगलाई पुनर्संरचना गर्ने बताएका छन् ।

‘निर्माताहरू बसेर समस्याको समाधान निकाल्न जरुरी देखियो,’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ फिल्म निर्माणमा सन्तुलन कायम गर्न र फिल्म रिलिजको वातावरण सहज बनाउन निर्माताहरूले स्वतःस्फूर्त रुपमा सुटिङ रोक्न तयार भएका हुन् ।’ यसैगरी त्यहाँको निर्माता संघले क्षति कम गर्न हलमा रिलिज भएको १० हप्तापछि मात्र ओटीटीमा फिल्म रिलिज गर्ने प्रस्ताव पनि अघि सारेको छ । 

संघले सबै वर्गका जनताले फिल्म हेर्न पाउने गरी टिकट दरमा पुनर्विचार गर्ने विषयमा पनि छलफल हुने जनाएको छ । केही समयअघि देखिनै सिंगल थिएटरमा टिकट मूल्य सय र ७५ रुपैयाँ गर्नुपर्ने विषयमा निर्माताबीच छलफल चलिरहेको थियो । मल्टिप्लेक्समा भने टिकटदर १ सय ५० र १ सय २० गर्नुपर्ने निर्माताको प्रस्ताव छ । उनीहरु फिल्ममा लाग्ने लगानीको तुलनामा दर्शक हलसम्म फिल्म हेर्न आउने वातावरण बनाउन टिकटदर धेरै महँगो गर्न नहुने सोचमा छन्।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : १६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका