तेलगु फिल्मका निर्माता सुटिङ रोकेर बढ्दो बजेट बारे छलफल गर्दै  « Khabarhub

तेलगु फिल्मका निर्माता सुटिङ रोकेर बढ्दो बजेट बारे छलफल गर्दै 


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता बलिउड भन्दा महंगा फिल्महरू साउथ इन्डियामा बनिरहेका छन् । ‘बाहुबली २, ‘केजीएफ २’, ‘आरआरआर’ लगायतका फिल्मको बजेट ५ सय करोड आसपासमा छ ।  यो साउथका दर्शकले मात्र धान्ने बजेट हैन ।  विशेषत कन्नडा जस्तो सानो फिल्म उद्योगमा केजीएफले बजेट निकै माथि पुगाएको छ। यसरी एकपछि अर्को फिल्ममा बजेट बढ्न थालेपछि तेलगु फिल्मका एक्टिभ निर्माताहरूले अगस्ट १ देखि फिल्मको सुटिङ रोक्ने निर्णय गरेका छन् । 

उनीहरूले फिल्मको बढ्दो बजेटको बारेमा चिन्ता व्यक्त गर्दै छायांकन रोक्ने निर्णय लिएको बताएका छन् । फिल्म निर्माणको खर्च धेरै बढेको तर हलबाट आउने सेयर न्यून रहेको भन्दै छलफलका लागि तेलगुको एक्टिभ तेलुगु फिल्म प्रोड्युसर्स गिल्डले तत्कालका लागि सुटिङ रोक्ने निर्णय गरेको हो । उनीहरूले बृहत् रुपमा छलफल गर्ने र उद्योगलाई पुनर्संरचना गर्ने बताएका छन् ।

‘निर्माताहरू बसेर समस्याको समाधान निकाल्न जरुरी देखियो,’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ फिल्म निर्माणमा सन्तुलन कायम गर्न र फिल्म रिलिजको वातावरण सहज बनाउन निर्माताहरूले स्वतःस्फूर्त रुपमा सुटिङ रोक्न तयार भएका हुन् ।’ यसैगरी त्यहाँको निर्माता संघले क्षति कम गर्न हलमा रिलिज भएको १० हप्तापछि मात्र ओटीटीमा फिल्म रिलिज गर्ने प्रस्ताव पनि अघि सारेको छ । 

संघले सबै वर्गका जनताले फिल्म हेर्न पाउने गरी टिकट दरमा पुनर्विचार गर्ने विषयमा पनि छलफल हुने जनाएको छ । केही समयअघि देखिनै सिंगल थिएटरमा टिकट मूल्य सय र ७५ रुपैयाँ गर्नुपर्ने विषयमा निर्माताबीच छलफल चलिरहेको थियो । मल्टिप्लेक्समा भने टिकटदर १ सय ५० र १ सय २० गर्नुपर्ने निर्माताको प्रस्ताव छ । उनीहरु फिल्ममा लाग्ने लगानीको तुलनामा दर्शक हलसम्म फिल्म हेर्न आउने वातावरण बनाउन टिकटदर धेरै महँगो गर्न नहुने सोचमा छन्।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : १६ बजे

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको

पञ्चेबाजा बजाउने परम्परागत चलन हराउँदै

भोजपुर– आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

पर्वत– पर्वतको कुश्मानगरपालिका–१२ ठूलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा