सडक खन्दा पहिरो, ३९ घरपरिवार विस्थापित « Khabarhub

सडक खन्दा पहिरो, ३९ घरपरिवार विस्थापित


१२ श्रावण २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन् ।

जिल्लाको आठबीसकोट नगरपालिकाभित्रका दुई वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ।

नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अमृत बुढाका अनुसार मंगलबार दिनभर थप क्षति हुन नदिन जोखिममा परेका ३९ वटै घर खाली गरिएको थियो। जोखिममा परेका सबै घरपरिवारका पशुचौपाया र अन्नपात जोगाएर आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष बुढाले जानकारी दिए ।

राडिज्युला–दाँजे–खदी–बारिङे सडकखण्डबाट निस्केको माटो र ढुङ्गाका कारण राडिज्युला, गारा, सिम्तारा बस्तीको सिँचाइ नहर भत्किएकाले गाउँमाथिबाट पहिरो खसेको हो । पहिरोका कारण सोही वडामा रहेका चारवटा पानीघट्ट र बाटोमा रहेका घुम्ती पसलसमेत पुरिएका छन् ।

गाउँमा पसेको पहिरोका कारण कतिपय कच्ची घर भत्किएका छन् भने कतिपय भत्किने अवस्थामा रहेको स्थानीयवासीले बताएका छन्। भत्किएका घरको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन। पहिरोले वडा नम्बर ७ का धान, मकै खेतीबाली सबै बगाइदिएको छ भने वडा नम्बर ८ को स्यालाका मकैबारी पहिरोले ढाकेको छ।

नगरप्रमुख रवि केसीका अनुसार स्थानीय खड्क बुढा, महेन्द्रकुमार बोहरा, भीमबहादुर बुढा र प्रबिर बुढाको मकैबारीमा पूर्ण रूपले क्षति भएको छ। त्यसैगरी चार जना स्थानीयवासीका घरको छेवैमा पहिरो बग्दा घर कति बेला पुर्ने हो भन्ने डर भइरहेको उनले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ८ : ०३ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको