बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ « Khabarhub

बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– मुरी फलाउन मानो रोप्ने महिना असार सकेर साउनको पहिलो सातासम्म बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । धान रोपाइँको सिजनको समयमा वर्षा नहुँदा र मल अभावका कारण जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो ।  

जिल्ला कृषि ज्ञान केन्द्र बाराका अनुसार जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो । गत वर्षको अनुपातमा यस वर्ष अहिलेसम्म २० प्रतिशत खेतहरू बाँझै रहेका छन् भने गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ । गतवर्ष यसबेलासम्म ८५ प्रतिशत बढी क्षेत्रफलमा किसानहरूले धान रोपी सकेका ज्ञान केन्द्रले तथ्यांकमा उल्लेख छ ।

मलखाद, सिँचाइ लगायतको समस्याका कारण धान रोपाइँमा ढिलाइ भएको किसानहरूको गुनासो छ । नियमित पानी नपरेको कारण धान रोपाइँ गर्न समस्या भएको बारा आदर्श कोटवाल गाउँपालिकाका किसान योगेश न्यौपानेले बताए । अर्कोतर्फ धान रोप्ने बेलामा अत्यावश्यक पर्ने मलखादको चरम अभावले किसानहरू धान रोप्ने नरोप्ने दोमनमा रहेका उनको भनाइ छ । 

जिल्लामा ६५ प्रतिशत धान रोपाइँ भए पनि सोचे अनुरूप मनसुनी वर्षा नहुँदा अधिकांश खेतमा धाँजा पर्न थालेको छ । जसोतसो रोपाइँ गरेको धान खेत सुक्दै गएपछि धाँजा परेको हो । 

फाट्टफुट्टबाहेक वर्षा नहुँदा बारा आदर्श कोटवाल गाउँपालिकाका किसानले रामलाल यादवको बोरिङ गरेर रोपाइँ भएको खेत पनि धाँजा फाटेर चिरिएको छ । आकाशे पानी नपरेसम्म धान उत्पादन हुन नसक्ने यादवले गुनासो गरे । उनले वर्षा नहुँदा र मलको समेत अभाव भएका कारण धान सुकेर कामै नलाग्ने हुन लागेको बताए । केही दिन वर्षा नभए धान उत्पादन धेरै कम हुने उनको भनाइ छ ।

यता जिल्लामा ६४ हजार हेक्टर क्षेत्रफल खेती योग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । खेती क्षेत्रफल बढी रहे पनि सरकारले नै आवश्यकताभन्दा कम जिल्लामा मलको कोटा कायम गरेको कारणले किसानहरुलाई आवश्यक अनुसारको मलको आपूर्ति गर्न नसकिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । जिल्लामा आठ हजार मेट्रिक टन डिएपी, ११ हजार मेट्रिक टन युरिया र पाँच सय मेट्रिक टन पोटासको खपत गरिँदै आए पनि सरकारले १२ सय मेट्रिक टन डिएपी, ६ सय मेट्रिक टन युरिया स्थानीय तहमार्फत किसानलाई वितरण गरिएको निर्धारण गरेकोले धान खेतीको लागि मल अभाव भएको हो । 

खपतको आधाभन्दा कम कोटा निर्धारण गरेर मल बिक्री वितरण गर्नको लागि दिएपछि किसानहरू आवश्यकताअनुसार मल पाउन नसकेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले स्वीकारे । बाराको लागि निर्धारण गरिएको कोटाभन्दा निकै कम मल आएकै कारण धान बालीको लागि किसानलाई चाहिने मलको अभाव भएको र आवश्यकताअनुसारको मल उपलब्ध गराई दिनको लागि माथिले निकायमा पहल गरेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख यादवको भनाइ छ ।

धान खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै वर्षा नभएपछि जिल्लाका अधिकांश स्थानको रोपाइँ प्रभावित भएको र अत्यधिक गर्मी तथा पानी अभावका कारण जेनतेन लगाएको धान पनि सुक्न थालेको छ । धान बालीको  लागि चाहिने  आवश्यक मलको समेत समयमै व्यवस्थापन गर्न नसकिँदा किसानहरूले खेतमा रोपाइँ गरेको धानको उत्पादनमा समेत कमी आउने डर रहेको छ । 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  १२ : २९ बजे

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न

कतारका लागि चितवनबाट बिदा भए खगेन्द्र र रूद्रकली

काठमाडौं– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका

के भन्छन् एमाले महाधिवेशनका कान्छा प्रतिनिधि ?

देशकै दोश्रो ठूलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन यतिबेला

कङ्गोबाट यसवर्ष झण्डै पाँच लाख मानिस विस्थापित

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई

महेश बस्नेतले भने- पार्टी र मुलुकलाई अघि बढाउन केपी ओली नै चाहिन्छ

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी