‘शमशेरा’ फ्लप हुनुका कारणहरू  | Khabarhub Khabarhub

‘शमशेरा’ फ्लप हुनुका कारणहरू 


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता रणवीर कपुरको फिल्म ‘शमशेरा’ बक्स अफिसमा पूर्ण रूपमा असफल साबित भइसकेको छ । चार वर्षपछि थिएटरमा पुनरागमन गरेका रणवीरबाट फ्यानले ठूलो आशा राखेका थिए । तर आशालाई निराशामा बदल्दै उनको फिल्म यो वर्ष फ्लप हुने फिल्मको सूचीमा पर्‍यो ।

 रिलिजको पहिलो दिन १० दशमलव २५ करोड ओपनिङ गरेको फिल्म हरेक दिन बक्स अफिसमा गिर्दो अवस्थामा रह्यो । रिलिजको ६ दिनसम्म रणवीर र सञ्जय दत्तको फिल्मले ४० करोडको आंकडा पनि पार गरेको छैन । फिल्म विश्लेषकहरूले ठूलो ब्यानरको फिल्म किन फ्लप भयो भनेर यसका ६ कारणको पहिचान गरेका छन् ।

कमजोर ट्रेलर

फिल्म ‘शमशेरा’ फ्लप हुन्छ भन्ने अनुमान २४ जुनमै लगाइएको थियो, जुन दिन फिल्मको ट्रेलर रिलिज भएको थियो । ट्रेलर रिलिजपछि फिल्ममा केवल संवादबाहेक अरू केही छैन भन्ने कुरा प्रस्ट भइसकेको थियो । वाणी कपुरले फिल्ममा कोल्ड शोल्डर टप लगाउनु अर्को मजाक बनेको थियो । सञ्जयको अनौठो तरिकाले संवाद बोल्ने शैलीलाई पनि सामाजिक सञ्जालमा मजाकको विषय बनाइएको थियो । समग्रमा ट्रेलरले दर्शकलाई हलमा तान्न असफल रह्यो ।

रणवीरको इमेज

पहिलो फिल्म ‘सावरिया’ बाट रणवीरको इमेज एक लभर ब्वाइवाला बनेको छ । ‘रकस्टार’, ‘वेक अप सिड’, ‘ये जवानी है दिवानी’ जस्ता फिल्मको सफलताले उनको इमेजलाई अझ मजबुत बनायो । यस्तो अवस्थामा चार वर्षपछि कमब्याक गरेको फिल्मले उनलाई डकैत बनाएको छ भने फ्यानको सोचाइ कस्तो रहला । दर्शकले यही कारण उनको यो लुक्सलाई स्वीकार गर्न सकेनन् ।

कमजोर संगीत

फिल्ममा कुनै यस्तो गीत छैन, जुन गीत दर्शकले हलबाट बाहिर निस्किएपछि सम्झिरहुन् । संगीतकार मिथुनले यति ठूलो फिल्म कहिल्यै गरेका थिएनन्, जसकारण उनले फिल्मका लागि एउटा पनि हिट गीत दिन सकेनन् । यसलाई पनि फिल्मको एउटा कमजोर पक्ष मानिएको छ ।

कथामा अलमल

फिल्ममा सञ्जय दत्तलाई भिलेनका रूपमा देखाइएको छ । यसअघि पनि दर्शकले उनलाई ‘अग्निपथ’ र ‘केजीएफ २’ जस्ता फिल्ममा भिलेनको रूपमा देखिसकेका छन् । दर्शकले उनको चरित्रलाई नयाँ बोतलमा पुरानो रक्सी जस्तो माने र उनलाई अस्वीकार गरे ।

केजीएफ २ सँग तुलना

फिल्मका लागि सबैभन्दा हानिकारक पक्ष नै ‘केजीएफ २’ सँग यसको तुलना गर्नु रह्यो । सामाजिक सञ्जालमा लगातार यसलाई लिएर बहस चल्यो कि यदि ‘शमशेरा’ ‘केजीएफ २’ भन्दा अघि रिलिज भएको भए यो हिट हुने सम्भावना बढी थियो । यशसँग रणवीरको तुलना हुन थाल्यो, जुन नै ठूलो भूल बन्यो ।

विवाद

फिल्मको फस्टलुक सार्वजनिक हुनासाथ यो विवादमा तानियो । समाजका विशेष वर्गले सञ्जयको लुक्स र उनले निधारमा लगाएको टीकालाई लिएर विरोध जनाए । सामाजिक सञ्जालमा फिल्म बहिस्कारको अभियान नै चल्यो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ४ : २५ बजे

३ महिनामा आयो साढे ५ खर्ब बढी रेमिट्यान्स

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालमा ५ खर्ब

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाइने

काठमाडौं– सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी)

दुर्गा प्रसाईं पनि दलीय राजनीतिमा, दर्ता गर्दै ‘नागरिक बचाउ दल नेपाल’

काठमाडौं- नेकपा माओवादी केन्द्र हुँदै नेकपा एमालेको केन्द्रीय सदस्यतसमेत रबनेका

ओझेलमा रेशमखेती

विराटनगर– विविध कारणले सुनसरीको इटहरी नगरपालिकामा हुने रेशमखेती ओझेलमा परेको

ओलीको जिकिर : एमाले देशकै ठूलो पार्टी हो, चुनावबाट भाग्‍ने लुते कुरा गर्दैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको शान्ति