भारतमा थप २० हजारमा कोभिड–१९ सङ्क्रमण पुष्टि « Khabarhub

भारतमा थप २० हजारमा कोभिड–१९ सङ्क्रमण पुष्टि


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।

विगत तीन दिनसम्म कोरोना सङ्क्रमितको यो सङ्ख्या २० हजार भन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाख ५९ हजार तीन सय २१ पुगेको छ । देशभर एक लाख ४६ हजार तीन सय २३ सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो एक दिनमा १९ हजार दुई १६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट पछिल्लो एकदिनमा ४४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार दुई सय ११ जनाको मृत्यु भएको छ ।

महामारी शुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ३ : ४९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार