दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- आज दिनभर राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित, अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौँमा, बाबुरामको पार्टी आयोगमा दर्ता, महंगीविरुद्ध एमालेले प्रदर्शन गर्ने, ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका शीर्ष समाचारहरूः

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित
राष्ट्रियसभाबाट नागरिकता संशोधन विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेकाे सो बिधेयक पारित भएको हो ।

त्यसअघि बिधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री बालकृष्ण खाणले संविधान बनेको सात वर्ष पूरा हुँदासमेत लाखौँ नेपाली युवाले नागकिरता पाउन नसकेकाले उनीहरुलाई नागरिक बनाउन विधेयक ल्याइएको बताए ।

गृहमन्त्री खाणले यसपटकको विधेयकमा सत्तासिन दल र प्रतिपक्षी दलसँग बारम्बार छलफल गरेर नै विधेयक अघि बढाइएको प्रष्ट्याए ।

बाबुरामको पार्टी आयोगमा दर्ता
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन् ।

भट्टराईले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जितेका थिए ।

जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो अब यो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गर्नेछ ।

अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौँमा
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भम्रणका क्रममा नेपाल . आइपुगेका छन् ।

दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू आज अपरान्ह काठमाडौं आइपुगेका हुन् । नेपाल भ्रमणका क्रममा लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

यसअघि आज नै नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी सहायक विदेश मन्त्री लुको नेपाल भ्रमण नियमित भएको स्पष्ट पारिसकेको छ ।

भूतपर्व गोरखासँग मन्त्रीको छलफल
प्रतिनिधिसभा अन्र्तगतको संसदीय समितिले गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो) को मागबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सेवा, सुविधामा ठगिएका सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरुको मागबारे सम्बोधन गर्न परराष्ट्रमन्त्री खड्कालाई बैठकमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।

सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरुको समस्या समाधानबारे समय मिलाएर परराष्ट्रमन्त्री खड्कासँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिए ।

महंगीविरुद्ध एमालेले प्रदर्शन गर्ने
नेकपा (एमाले) ले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । सरकारले महंगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमालेले साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्न लागेको हो ।

एमालेको पार्टी कार्यालय च्यासलमा आज उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुखसहितको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महंगीले जनता ठूलो मारमा परेपनि महंगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खवरदारी गर्नुपर्ने बताए ।

७ सय १० जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ४१ पिसिआर परिक्षणका क्रममा ५ सय २४ जना र २ हजार ४ सय ८४ एन्टीजेन परिक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय १५ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय ३६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भदौ १ गतेदेखि फोहोर फाल्न नदिने बञ्चरेडाँडाका स्थानीयको चेतावनी
नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेदेखि डम्पिङ साईट अनिश्चित्कालका लागि बन्द गर्ने चेतावनी दिएको छ ।

फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष सम्वेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्नेलगायतका आवश्यक कार्यको प्रारम्भ आगामी साउन ३१ गतेसम्म सुरु नगरे सधैंका लागि बन्द गर्ने चेतावनी दिएको हो ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर समितिले नेपाल सरकार, राजनीतिक दलहरु, प्रशासनिक तथा न्यायिक निकाय, काठमाडौं महानगरपालिकासमेतलाई अन्तिमपटक अनुरोध गरेको जनाएको छ ।

सरकारले समितिसँग गरेको सहमति विभिन्न बहाना बनाएर षड्यन्त्र गरी कार्यान्वयन नगर्ने नियत बुझिएको भन्दै उपत्यकाको फोहोरमैला सिसडोल बञ्चरेडाँडा लैजान सधैंको लागि बन्द गर्ने बाध्यकारी आन्दोलन गर्नुको विकल्प नरेहकोसमेत जनाइएको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ९ : २३ बजे

इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष नेता मारिए

काठमाडौं– इजरायलले लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका एक शीर्ष नेता मारिएका

चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत

प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर (तस्बिरहरू)

सिन्धुली– सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक

अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै