वैदेशिक रोजगारीमा जाँदा ठगिनेहरुको संख्या बढ्यो « Khabarhub

वैदेशिक रोजगारीमा जाँदा ठगिनेहरुको संख्या बढ्यो


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका अनियमितता एवं गैरकानूनी क्रियाकलाप नरोके हदैसम्मको कारबाही गरिने जनाएको छ ।

वैदेशिक रोजगारीका नाममा नेपाली युवासँग चर्को रकम असुल्ने गरेको, रकम लिएर विदेश नपठाएको, विदेशमा अलपत्र पारेकोलगायत विषयलाई सरकारले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाउँदै मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो ।

वैदेशिक रोजगारीका सिलसिलामा गैरकानूनी एवं अमर्यादित क्रियाकलाप न्यूनीकरण गर्न मन्त्रालय र विभागबाट सुक्ष्म अनुगमन र अनुसन्धान भइरहेको जनाउँदै मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका अनियमितता एवं गैरकानूनी क्रियाकलाप तुरुन्त नरोकेमा हदैसम्मको कारबाही हुने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका सन्दर्भमा ठगीमा परेका, तोकिएभन्दा बढी पैसा दिन बाध्य पारिएका तथा विदेशमा अलपत्र परेका व्यक्तिलाई तत्काल सरकारको सम्पर्कमा आउन आग्रह गरेका छन् ।

केही दिनयता नेपाली नागरिकलाई प्राप्त हुने वैदेशिक रोजगारीको सङ्ख्या बढिरहेका सन्दर्भमा श्रम स्वीकृतिका लागि आवेदन गर्नेको सङ्ख्यामा समेत वृद्धि हुँदा ठगी बढिरहेको मन्त्रालयले जनाएको छ ।

प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ अनुरुप नेपाली नागरिकलाई विदेशबाट प्राप्त हुने रोजगारीमा मूलतः शून्य लागतको नीति अनुशरण भएको हुनुपर्नेमा सो नीतिको पूर्ण परिपालना नगरेको, तोकेभन्दा बढी सेवा शुल्क र अन्य गैरकानूनी तवरबाट रकम लिइएको पाइएको विज्ञप्तीमा उल्लेख छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ९ : ३८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त