महिलाको नाममा जग्गा पास गराउनेको सङ्ख्या घट्यो | Khabarhub Khabarhub

महिलाको नाममा जग्गा पास गराउनेको सङ्ख्या घट्यो


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा महिलाका नाममा जग्गा लिखत गराउने सङ्ख्या घटेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा कम सङ्ख्यामा मात्रै महिलाको नाममा जग्गा लिखत गरिएको छ ।

सरकारले महिला, दलित र अपाङ्गता भएका व्यक्तिका नाममा जग्गा लिखत गर्दा छुट दिने व्यवस्था गरेको छ । महिलाका नाममा गर्दा २५ र दलितको नाममा गर्दा ५० प्रतिशत छुट गरिएको छ ।

आव २०७७/७८ मा जिल्ला मालपोत कार्यालयमा कूल दुई हजार छ सय ४१ ले जग्गा लिखत पारित गरेका छन् । सोमध्ये तीन सय ९६ ग्रामीण र एक सय ९१ नगरका गरी कूल पाँच सय ४७ महिलाले आफ्नो नाममा जग्गा लिखत गरेका छन् । यसबाट उनीहरुले रु १३ लाख ९५ हजार ५९ छुट पाएको मालपोत कार्यालय, गुल्मीले जनाएको छ ।

आव २०७७/७८ मा कूल दुई हजार ८१६ जनाले जग्गा लिखत गरेका छन् । सोमध्ये महिला, दलित वा अपाङ्गता भएकाले लिखत गराएको जग्गाबारे कार्यालयसँग तथ्याङ्क छैन । तर महिलाले मात्रै रु २२ लाख ९३ हजार आठ सय ३० छुट पाएका छन् ।

आव २०७७÷७८ को तुलनामा २०७८/७९ मा रु आठ लाख ९८ हजार सात सय ६४ कम छुट पाएको कार्यालयका मालपोत अधिकृत खेतबहादुर खत्रीले जानकारी दिनुभयो । महिलाले पाउने छुटको अन्तरका आधारमा महिलाका नाममा जग्गा लिखत गर्ने घट्दै गएको खत्रीको भनाइ छ ।

गुल्मीमा महिलाको मात्र होइन, कूल जग्गा लिखत पारित गराउनेको सङ्ख्या पनि घट्दै गएको छ । आव २०७७/७८ मा भन्दा आव २०७८/७९ मा १७५ ले जग्गा लिखत गराउनेको सङ्ख्या घटेको छ । जिल्लामा अहिले जग्गाको कित्ताकाट पनि फरक प्रक्रियाबाट गरिँदै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ९ : ५९ बजे

तीजको दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– हरितालिका तीजको दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से झिनो अंकले

सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

नेपालगञ्ज– भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क

बालेनमाथि दबाब बढाउँदै कवाडी व्यवसायी, फेरि घेरे महानगर (तस्बिरहरू)

काठमाडौँ- संघीय राजधानी काठमाडौंका कवाडी व्यवसायीहरूले दिनदिनै महानगरपालिकाको कमलादीस्थित कार्यालय

पोखरामा तीज सांस्कृतिक महोत्सव सुरु

गण्डकी – पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को आयोजनामा