महिलाको नाममा जग्गा पास गराउनेको सङ्ख्या घट्यो « Khabarhub

महिलाको नाममा जग्गा पास गराउनेको सङ्ख्या घट्यो


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा महिलाका नाममा जग्गा लिखत गराउने सङ्ख्या घटेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा कम सङ्ख्यामा मात्रै महिलाको नाममा जग्गा लिखत गरिएको छ ।

सरकारले महिला, दलित र अपाङ्गता भएका व्यक्तिका नाममा जग्गा लिखत गर्दा छुट दिने व्यवस्था गरेको छ । महिलाका नाममा गर्दा २५ र दलितको नाममा गर्दा ५० प्रतिशत छुट गरिएको छ ।

आव २०७७/७८ मा जिल्ला मालपोत कार्यालयमा कूल दुई हजार छ सय ४१ ले जग्गा लिखत पारित गरेका छन् । सोमध्ये तीन सय ९६ ग्रामीण र एक सय ९१ नगरका गरी कूल पाँच सय ४७ महिलाले आफ्नो नाममा जग्गा लिखत गरेका छन् । यसबाट उनीहरुले रु १३ लाख ९५ हजार ५९ छुट पाएको मालपोत कार्यालय, गुल्मीले जनाएको छ ।

आव २०७७/७८ मा कूल दुई हजार ८१६ जनाले जग्गा लिखत गरेका छन् । सोमध्ये महिला, दलित वा अपाङ्गता भएकाले लिखत गराएको जग्गाबारे कार्यालयसँग तथ्याङ्क छैन । तर महिलाले मात्रै रु २२ लाख ९३ हजार आठ सय ३० छुट पाएका छन् ।

आव २०७७÷७८ को तुलनामा २०७८/७९ मा रु आठ लाख ९८ हजार सात सय ६४ कम छुट पाएको कार्यालयका मालपोत अधिकृत खेतबहादुर खत्रीले जानकारी दिनुभयो । महिलाले पाउने छुटको अन्तरका आधारमा महिलाका नाममा जग्गा लिखत गर्ने घट्दै गएको खत्रीको भनाइ छ ।

गुल्मीमा महिलाको मात्र होइन, कूल जग्गा लिखत पारित गराउनेको सङ्ख्या पनि घट्दै गएको छ । आव २०७७/७८ मा भन्दा आव २०७८/७९ मा १७५ ले जग्गा लिखत गराउनेको सङ्ख्या घटेको छ । जिल्लामा अहिले जग्गाको कित्ताकाट पनि फरक प्रक्रियाबाट गरिँदै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ९ : ५९ बजे

विश्वकपमा आज पाँच पटकको विजेता ब्राजिल र एसियाली पावरहाउस जापानको भिडन्त

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आज राति एक बहुप्रतीक्षित

लुम्बिनीमा धान रोपाइँले लियो गति, २०‍.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

भैरहवा– लुम्बिनी प्रदेशमा यस वर्ष मनसुन ढिलो सक्रिय भएपछि धान

तोलामा १ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

पर्यटनलाई कृषिसँग जोड्न ‘रोपाइँ महोत्सव’

काठमाडौँ– पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले ‘रोपाइँ’

नवनियुक्त धितोपत्र बोर्ड अध्यक्षको शपथ: लोभ र प्रलोभनमा नपरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त