पोखरामा देशभरका महानगर मेयरले रोपे लालीगुराँस « Khabarhub

पोखरामा देशभरका महानगर मेयरले रोपे लालीगुराँस


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा आइपुगेका देशभरका महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले नेपालको राष्ट्रिय फूल लालीगुराँस रोपेका छन् ।

सराङकोटस्थित शिव मन्दिर भ्यू टावर परिसरमा ११ प्रजातिका लालीगुराँसका बिरुवा सारिएको हो । पोखराले अग्ला डाँडाहरूमा लालीगुराँस रोपेर पर्यटक लोभ्याउने नीतिअनुसार काम गरिरहेको छ । बिरुवाहरू लालीगुराँस संरक्षण तथा विकास अभियन्ता ढाकाराम लामिछानेले तेह्रथुमबाट ल्याएका थिए ।

नेपालमा पाइने ३२ प्रजातिका बिरुवा पोखरामा रोप्न लागिएको छ । यसअघि पनि पोखरामा लालीगुराँस रोपिएका थिए । पोखराले हरियाली प्रवर्द्धनमा गरेका कामको सबैले प्रशंसा गरेका छन् । पोखराको आयोजनामा सराङकोटमा पहिलो पटक महानगर मेयर सम्मेलन भएको हो ।

सम्मेलनमा आएका उनीहरूले हरियाली प्रवर्द्धन र पर्यावरणको विकासमा सहकार्य गर्ने निर्णय गरेका छन् । लालीगुराँसको बिरुवा छेउमा रोप्नेको नामसमेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १ : ५३ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका