भूकम्प अपडेट : २ घर भत्किए, १७ घर चर्किए « Khabarhub

भूकम्प अपडेट : २ घर भत्किए, १७ घर चर्किए


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले दुई वटा घर भत्किनुका साथै १७ घर चर्किएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका गंगा राई र हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको हो ।

मानवीय क्षति नभए पनि दुबै परिवार विस्थापित भएका छन् । हालसम्म भूकम्पले मात्तिमविर्तामा १७ घर चर्किएको विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताए । हालसम्म मानवीय क्षति भएको जानकारी नआएको प्रशासनले जनाएको छ ।

भूकम्पलगत्तै साकेला गाउँपालिकाका पाँच वटै वडामा क्षतिको विवरण संकलन भइरहेको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए । वर्षा भइरहेका कारण क्षतिको विवरण संकलनमा कठिन भइरहेको छ । मात्तिमविर्ताका वडाध्यक्ष जीवन न्यौपानेले दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको बताए ।

क्षति मूल्यांकनका लागि पत्राचार

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ ।

आइतबार बिहान भूकम्प गए लगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्टका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

भूकम्पबाट भौतिक एवं मानवीय क्षतिको तत्काल एसेसमेन्ट गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगर प्रमुख विमला राईले बताइन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ५ : ५४ बजे

यूएईसँग टियू मैदानमै पराजित भयो नेपाल

काठमाडौँ- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल

कांग्रेसले कान्छराम तामाङलाई सोध्यो ३ दिने स्पष्टीकरण

काठमाडौं – नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ

सन्दीपले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेल

स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य : सभामुख यादव

महेन्द्रनगर– मधेस प्रदेशका सभामुख रामअशिष यादवले स्वस्थ समाज निर्माणका लागि