बागमतीको पानी सफा बनाउने योजना अनुसार काम भइरहेको छ : प्रधानमन्त्री देउवा « Khabarhub

बागमतीको पानी सफा बनाउने योजना अनुसार काम भइरहेको छ : प्रधानमन्त्री देउवा


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको गुहेश्वरीमा फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । खानेपानी मन्त्रालयबाट निर्मित उक्त प्रशोधन केन्द्रको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका हुन् ।

उपत्यकाको घरबाट निस्कने ढललाई सिधै खोलामा नमिसाई प्रशोधन गरेर मात्र खोलामा पठाउने योजनाअनुसार उक्त प्रशोधन केन्द्र सञ्चालमा आएको हो । कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले पशुपति क्षेत्रको उपल्लो क्षेत्रमा ३ करोड भन्दा बढि फोहोर पानी संकलन गरेर बागमतीमा पठाउने योजना अनुसार फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिएको बताए ।

उनले धार्मिक क्षेत्र पशुपति क्षेत्रमा धार्मिक कार्य गर्दा सफा पानीको प्रयोग गर्ने उदेश्य रहेको जानकारी दिए । बालकुमारी , सल्लाघारी र धोबीखोलामा छिटै फोहरपानी प्रशोधन केन्द्र सञ्चालनमा आउने उनको भनाइ छ ।

कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले बढ्दो शहरीकरणका बेला नदिहरुलाई स्व्च्छ राख्न ठूलो लगानीमा फोहरपानी प्रशोधन केन्द्र स्थापना गरिएको जानकारी दिए । काठमाडौं उपत्यकाभित्रका बागमती लगाएत अन्य सहायक नदिलाई स्वच्छ राख्न बिभिन्न स्थानमा स्थापना भइरहको प्रशोधन केन्द्र छिटै सञ्चालनमा आउने उनको भनाइ छ ।

त्यस्तै काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकालाई स्वच्छ तथा सफा राख्न बिभिन्न निकायबीच सहकार्य गर्दै अघि बढ्ने बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : १३ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी