विश्व इतिहासमा आज : सङ्गीत टेलिभिजनको प्रसारण सुरुदेखि जापान एयरलाइन्सको स्थापनासम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : सङ्गीत टेलिभिजनको प्रसारण सुरुदेखि जापान एयरलाइन्सको स्थापनासम्म


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन १६ गते सोमबार । सन् २०२२ को अगस्ट १ तारिख । यस्ता छन् आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम :

सन् २००७ अगस्ट १ मा मिनेसोटाको मिनियापोलिसस्थित आई–३५ ब्रिज मिसिसिपी नदीमा खसेको थियो । साँझ भएको सो दुर्घटनामा १३ जनाको मृत्यु भयो भने १ सय ४५ जना घाइते भए ।

सन् २००४ अगस्ट १ मा पाराग्वेको राजधानी आसुसियोनस्थित एक सुपरमार्केटमा भएको आगलागीका कारण ४ सय मानिसको मृत्यु भयो भने ५ सय जना घाइते भए ।

सन् १९८१ अगस्ट १ मा सङ्गीत टेलिभिजनको प्रसारण सुरु भयो । द बग्गल्सको ‘भिडियो किल्ड द रेडियो स्टार’ प्रसारण हुने पहिलो गीत थियो । एमटिभि नाम गरिएको यस च्यानलले टप ४० रेडियो फर्माट अपनाउँदै म्युजिक भिडियोहरुको बीचमा भिडियो जक्कीहरुद्धारा प्रस्तुत हुने सङ्गीत समाचारको लागि प्रसिद्ध थियो ।

सन् १९८० अगस्ट १ मा भिग्दिस फिन्बागडाटरले आइसल्याण्ड राष्ट्रपति कार्यालयको कार्यभार सम्हालिन् । उनी आइस्ल्याण्डका चौथो राष्ट्रपति थिइन् भने विश्वको लोकतान्त्रिक राष्ट्रको पहिलो महिला राष्ट्रपति थिइन् । उनले राष्ट्रपतिको कार्यभार १६ वर्षसम्म सम्हालिन् । यसले उनलाई विश्वको नै सबैभन्दा लामो समय सेवा महिला राष्ट्र प्रमुख बनायो ।

सन् १९६६ अगस्ट १ मा टेक्सस विश्वविद्यालयमा अवस्थित टेक्सस टावरबाट चालर्स व्हिटम्यान नामक एक विद्यार्थीले गोली प्रहार गरेर १६ जना मानिसको हत्या गरेको थियो । आफूलाई गोली हान्नु अगाडि चालर्सले ३१ जनालाई घाइते बनाए।

सन् १९४६ अगस्ट १ मा राष्ट्रपति ह्यारी एस ट्रुम्यानले आणविक उर्जा आयोगको गठन गरे ।

सन् १९४३ अगस्ट १ मा १ सय ७ भन्दाबढी बी–२५ बम्बर्सले रोमनियाको पोलेस्तीस्थित तेल क्षेत्रहरुमा दोस्रो पटक आक्रमण गरेको थियो ।

सन् १९५१ अगस्ट १ मा जापान एयरलाइन्स जेएएलको स्थापना भयो । सन् १९५३ मा यस निजी संस्थालाई अर्धसरकारी सार्वजनिक निगममा रुपान्तरण भयो । विश्वको नै सबैभन्दा ठुलो हवाई वाहकका रुपमा रहेको यस एयरलाइन्स सन् १९८७ मा निजी संस्थामा रुपान्तरण भयो ।

सन् १९३६ अगस्ट १ मा जर्मनीको बर्लिनमा अडोल्फ हिटलरले ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन गरे । सुरुवातमा यहुदी र अफ्रिकन मानिसहरुलाई यस ओलम्पिकबाट वञ्चित गर्ने योजाना थियो । तर, केही राष्ट्रहरु र जर्मन ओलम्पिक समितिको विरोधपश्चात् यस योजनालाई बर्खास्त गरिएको थियो । १८ अफ्रिकी–अमेरिकी खेलाडीहरूले ट्र्याक र फिल्ड खेलमा राम्रो प्रदर्शन गरेका थिए ।

सन् १८३४ अगस्ट १ मा ब्रिटिस साम्राज्यले दासप्रथाको पूर्ण रुपमा अन्त्य गरेको थियो ।  ब्रिटिस संसदले दासत्व उन्मूलन अधिनियम १८३३ पारित गरेको एक वर्षपश्चात् यो नियम कार्यान्वयनमा आएको थियो । यस अधिनियमलाई सन् १९८८ मा खारेज गरिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : १६ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक