राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फाराम पालिकाबाटै « Khabarhub

राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फाराम पालिकाबाटै


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- जिल्ला प्रशासन कार्यालय, पर्साले  सेवाग्राहीको सजिलोका लागि  राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फाराम पालिकास्तरबाट भर्न सक्ने गरी  व्यवस्थापन  गरेको छ । राष्ट्रिय परिचयपत्र, ई-पासपोर्टलाई छिटोछरितो र व्यवस्थित बनाउनको लागि दुबै अनलाइन फाराम जिल्लाका चौधवटै पालिकाबाट भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । 

अव उक्त सेवा लिन सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फाराम  भरेर मात्र प्रशासन कार्यालय आउनुपर्ने छ । प्रशासन कार्यालयका अनुसार  सबै पालिकामा यी काम हेर्ने व्यक्ति तय गरेको र उनीहरूको सम्पर्क नम्बर सूचनामार्फत सार्वजनिक गरिएको  छ ।  जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र र ई-पासपोर्ट भर्ने सेवाग्राही ठगिएका र सो ठगीमा संलग्न छ जनालाई यस अगावै कारबाही गरेपछि यो व्यवस्था गरेको हो ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  २ : ३१ बजे

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए

गैँडाकोट– यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव