किसानलाई छिटो मल उपलब्ध गराउन सांसदको माग « Khabarhub

किसानलाई छिटो मल उपलब्ध गराउन सांसदको माग


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई जतिसक्दो चाँडो मल उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका डा डिला सङग्रौलाले भनिन्, “अहिलेसम्म पनि किसानले मल पाउन सकेका छैनन्, कतिपय ठाउँमा कालोबजारी छ, सरकारले मल पाउने आश्वासन मात्रै दिँदै आएको छ, किसानले भोग्नु परेको समस्या समाधानको लागि ध्यानाकर्षण गराउन चाहन्छु ।”

भारतसँगको जिटुजी सम्झौताको प्रक्रियाको अन्योलका नाममा हालसम्म मल आपूर्ति नभएकामा उनले चिन्ता व्यक्त गरिन्। सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार सम्झौता भएको ३० दिनपछि मात्रै आपूर्ति सुरु गर्ने व्यवस्था भएकाले यसलाई परिवर्तन गरेर अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार आठ दिनमा आपूर्ति सुरु गर्ने व्यवस्था गरेमा समयमा मल ल्याउन सकिने सरकारी अधिकारीको भनाइ छ ।

सांसद संग्रौलाले प्रश्न गरिन्, “यदि त्यसो हो भने संसद् चलिरहेको छ, सार्वजनिक खरिद ऐन संशोधन गर्न के ले रोकेको छ र? के नयाँ चुनाव भएपछि मात्रै संशोधन गर्ने हो ? कि, अरू कुनै कारण छ, जवाफ चाहियो । मलको अभावमा देशभित्रै प्राङ्गारिक मल उत्पादन गर्ने हाम्रो योजना खोइ रु रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्ने हो भने त्यसको योजना खै र?”

गत वर्ष सप्तरीका किसानले रासायनिक मलका लागि आन्दोलन गरेका थिए । गत असारमा धादिङका किसानले दुई ट्रक रासायनिक मल सडकमै खोसेका थिए । गत साता मात्रै सरकारले भारत सरकारसँग पाँच वर्षका लागि करिब नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको थियो ।

बैठकमा नेकपा ९माओवादी केन्द्र० का अमनलाल मोदीले भारतीय आयल निगमले पेट्रोलियम पदार्थको समायोजनको निम्ति दुई पटकसम्म पत्र पठाउँदासमेत सरकारले ध्यान नदिएकामा चिन्ता व्यक्त गरे। नेकपा ९एमाले० का झपटबहादुर रावलले कैलाली जिल्लाका विभिन्न जङ्गलमा रहेका बाघको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए। एमालेका दलबहादुर रानाले भूउपयोग ऐन कार्यान्वयनको माग गरे। सांसद केदार सिग्देलले  वर्तमान सरकारले सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्यामा गम्भीर नभएको बन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले भने,“आश्वासन होइन, जनताले लालपुर्जा खोजेका हुन, सुकुम्वासी आयोगको  ध्यान त्यतातिर केन्द्रित होस्, यथाशीघ्र सुकुम्वासी र अव्यवस्थित बसोबासलाई लालपुर्जा वितरण गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : ५४ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको