निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ : भीमार्जुन आचार्य  « Khabarhub

निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ : भीमार्जुन आचार्य 


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संविधानविद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद् स्वतः भंग हुने बताएका छन् ।

आचार्यले आज सामाजिक सञ्जाल ट्विटर मार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद् विघटन गरिराख्नु नपर्ने  समेत जनाएका छन् ।

‘प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हो । कार्यकाल सकिनुअघि अर्थात् मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानविद् आचार्यले भनेका छन्, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नु पर्दैन ।’

संसद् नै नरहेपछि सांसद समेत नरहने उनले बताएका छन् ।

‘स्थापित मान्यताको कदर गरौँ,अति नगरौँ,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ६ : ०४ बजे

मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य

झापा– बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ